धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा / नेपाल

"खै रिजल्ट मुसाले खायो, खै मुसो टी यु भित्र पस्यो"

"खै रिजल्ट मुसाले खायो, खै मुसो टी यु भित्र पस्यो"

धादिङ: आइतबार क्याम्पसमा पठनपाठन चलिरहेका बेला धादिङस्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा ब्यवस्थापन संकाय तर्फ स्नातक तह तेस्रो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरु अकस्मात प्लेकार्ड लिएर क्याम्पस प्राङगणमा उभिए ।

प्लेकार्डमा लेखिएको थियो, ‘खै रिजल्ट मुसाले खायो, खै मुसो टियु भित्र पस्यो,’ ‘संख्यामा विश्वमै १ नम्वर, गुणस्तरमा विश्वमै अन्तिम,’ ‘शिक्षामा राजनिति गर्न पाइदैन, यस्तो विश्वविद्यालय चाइदैन,’ विश्वविद्यालयमा राजनिति बन्द गर, विद्यार्थीको भविष्यमाथी खेलबाड नगर।’

उनीहरुले यसरी विरोध जनाउनुको कारण थियो स्नातक तह प्रथम वर्षको नतिजा । परीक्षा दिएको डेढ वर्ष हुन लाग्दा समेत नतिजा नआएपछि विश्वविद्यालयको ढिलासुस्ती र लापरवाही विरुद्ध विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले क्याम्पस प्राङगणमा उभिएर प्लेकार्ड प्रदर्शन गर्दै सांकेतिक रुपमा विरोध गरेका हुन् ।
 

शिक्षा शास्त्रले संकायको नजिता दशै अघि नै आइसक्दा समेत ब्यवस्थापन संकायको नतिजा आउन सकेको छैन । ‘प्रथम वर्षको परीक्षा दिएपछि, दोस्रो वर्ष अध्ययन सकेर परीक्षा समेत दिएर तेस्रो वर्ष अध्ययन गर्न थालेको २ महिना भइसक्यो तर पनि पहिलो वर्षको नतिजा आएको छैन । यस्तो पनि विश्वविद्यालय हुन्छ ?’ हाल तेस्रो वर्षमा अध्ययन गरिरहेका एक विद्यार्थीले आक्रोशिस हुदै भने, ‘परीक्षा दिएपछि त समयमा नतिजा आउनुपर्यो नी, यही पाराले ४ वर्षको स्नातक तह को नतिजा आउन ८ वर्षसम्म कुर्न पर्छ हामीले ।’

नीलकण्ठ बहुमुखी क्याम्पसका स्ववियु सहसचिव कविराज श्रेष्ठले नतिजा सार्वजनिक गर्न ढिलाइ गरेर त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरुको जीवन र करिअरमै खेलवाड गरेको आरोप लगाए ।

उनले भने, ‘परीक्षा दिएको डेढ वर्ष हुनलाग्दा समेत नतिजा नआउनुमा त्रिभुवन विश्वविद्यालयको गैरजिम्मेवारीको पराकाष्ठा हो ।’ यो महिना भित्र पनि नतिजा सार्वजनिक नभए देशभरका विद्यार्थीहरु मिलेर विश्वविद्यालय घेर्न जाने श्रेष्ठले बताए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
100 %
Sad
0 %
Angry
0 %
Below Reaction
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल