अपराध

गृहपृष्ठ अपराध

नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं : नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक युवकलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी) नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने सप्तरीसुरूङगा नगरपालिका वडा – १ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्‍याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थापालाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल