Weather : 14.12° Celsius Kathmandu
धादिङ : संघिय निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रामनाथ अधिकारीले जनताको आस्था, भरोसा र धरोहरको रुपमा रहेको त्रिपुरासुन्दरीमाइ भगवतीको मन्दिरको अस्तिव र पहिचान मेटिन नदिने बताएका छन् ।
जलाशययुक्त बुढीगण्डकी आयोजना बनेपछि त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिर डुवानमा पर्ने भएकाले त्यसको उचित स्थानमा पुनस्थापना गर्न र ऐतिहाँसिकता कायम रहने गरी अस्तित्व कायम राख्नको लागि विशेष योजना बनाएर काम गरिने बताएका हुन् ।
चुनावी प्रचार प्रसार र घरदैलो अभियानको क्रममा त्रिपुरासुन्दरी गाउँपालिकाको ४, ५ र ६ (साविकको सल्यानकोट र आगिन्चोक गाविस) का विभिन्न स्थानमा पुगेर जनताको पीरमर्का बुझ्ने र सुझाव संकलन गर्ने क्रममा अधिकारीले त्रिपुरासुन्दरी भगवतीलाइ गाउँ बेसी गराउने बाटोलाइ धार्मिक पदयात्राको रुपमा विकसित गर्ने योजना सुनाएका हुन् ।
पुर्वाधार विकासका कामहरुलाइ आवश्यकता आधारमा अघि बढाउदै जनताको जीवनयापनमा सहजता ल्याउनको लागि जस्तोसुकै काम गर्न पनि आफुमा आँट, साहस र तागत रहेको बताए । त्यस क्षेत्रका चुनावी प्रचारप्रसार कार्यक्रमको कोणसभालाइ सम्बोधन गर्दै नेता अधिकारीले बिगतमा जनताको बीचमा गरेको प्रतिवद्धता पूरा गरिएको दाबी गरे । उनले आम जनताकोे समस्याको पहिचान गरी क्रमैसंग समाधानको पहल गरिने बताए ।
निर्वाचन प्रचारप्रसार अभियानमा उक्त क्षेत्रबाट प्रदेश सभामा उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका नेता जगत सिंखडा, माओवादी नेता राम बहादुर भण्डारी, नेपाली काँग्रेसबाट प्रदेशसभामा समानुपातिक तर्फ उम्मेद्वार रहेका गोपाल विश्वकर्मा नेपाली काँग्रेसको निर्वाचन परिचालन समितिका संयोजक एवं निवर्तमान सभापति रमेश धमला, काँग्रेस नेता बासु तिमल्सेना, नेकपा माओवादी केन्द्रका नेता पुष्प विक्रम मल्ल ।लगायतका नेताहरु सहभागी भएको नेपाली काँग्रेस धादिङ क्षेत्र नं २ का सभापति राकेश धमलाले जानकारी दिए ।