धादिङ स्पेशल / गजुरी

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी

धादिङमा पालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु, मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

धादिङ : धादिङमा अन्तरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाभित्रका स्थानीय सरकारहरुको सहयोगमा धादिङ जिल्ला क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

मंगलबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गरे । सो–म्याचमा स्थानीयतह र क्रिकेट संघका पदाधिकारीहरु पनि सहभागी थिए ।

प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाबाट आठ टिम सहभागी छन् । बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा गजुरी गाउँपालिका र खनियाबास गाउँपालिकाले ओपनिङ खेल खेलेका छन् ।

धादिङमा जिल्ला स्तरय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो । स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेल मार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
33 %
 Like
33 %
Laugh
33 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल