धादिङ स्पेशल / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

गृहपृष्ठ धादिङ स्पेशल / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

धादिङ संघिय निर्वाचन क्षेत्र नं २ : को, कति बलियो ? (स्थानीय तहको मत विश्लेषण सहित)

Mahotsap
धादिङ संघिय निर्वाचन क्षेत्र नं २ : को, कति बलियो ? (स्थानीय तहको मत विश्लेषण सहित)

धादिङ: आसन्न संसदीय निर्वाचन अन्तरगत धादिङ क्षेत्र नं २ मा निर्वाचनको माहोल बेस्सरी तातेको छ । निर्वाचनमा आकांक्षी रहेका सवै उम्मेद्वारहरु चुनावी रणनिति बनाउन लागिपरेका छन् । पार्टीभित्रको चुनावी रणनिति र प्रचार रणनिति बनाउन उम्मेद्वार र तिनि सम्वद्ध दलहरु यतिबेला ब्यस्त रहेका छन् ।

यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सभापति रामनाथ अधिकारी प्रत्यासी रहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निवर्तमान सांसद एवं एमाले केन्द्रिय सदस्य खेम लोहनी प्रतिस्पर्धा गर्दैछन् ।

रामनाथ अधिकारीलाइ नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा एकिृकत समाजवादी तथा बाबुराम भट्टराइको नेपाल समाजवादी पार्टीको साथ रहेको छ भने खेम लोहनीलाइ राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ रहेको छ ।

त्यसो त यो निर्वाचनमा भर्खरै जन्मिएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ पनि मैदानमा छिन् । त्यस्तै नेपाली काँग्रेस बीपीबाट शंकर दर्जी, जनता समाजबादी पार्टी नेपालबाट मेकरमान तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट धनमाया तामाङ पनि यो क्षेत्रबाट प्रत्यासी रहेका छन् ।

विगतमा ३ वटा सम्म निर्वाचन क्षेत्र रहेको धादिङमा संघियता पछि राज्य पुनरसंचना गर्दा २ वटा निर्वाचन क्षेत्र भएको छ । संघियता पछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका नेता खेम प्रसाद लोहनी विजयी भएका थिए । नेपाली काँग्रेसका नेता दिलमान पाख्रिनलाइ ६ सय ४० मतले पराजित गर्दै लोहनी विजयी भएका थिए । लोहनीलाइ तत्कालिन अवस्थामा नेकपा माओवादी केन्द्रको साथ रहेको थियो ।

यस पटक पनि उम्मेद्वारी दिएका सवै ब्यक्ति र दलहरुले आफुले नै विजय हाँसिल गर्ने बताइरहदा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेद्वारवीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतका आधारमा हामीले यो निर्वाचनमा क्षेत्रमा कुन उम्मेद्वार कति बलियो भन्ने लेखाजोखा गरेका छौँ ।

धादिङमा रहेका कुल १ सय ४ वटा वडामध्ये ५१ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अधिकाँश वडाहरुमा राजनितिक दलहरु एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए । मुख्य राजनितिक दलहरु नेकपा एमालेले ५१ वटै वडा, नेपाली काँग्रेसले ४३ वडा वडामा र माओवादी केन्द्रले ३४ वटा वडामा आफ्नो उम्मेद्वार उठाएको थियो । त्यस्तै नेकपा एकिकृत समाजबादी पार्टीले २४ वटा वडा, राप्रपाले ४६ वटा वडा र जनता समाजदावी पार्टीले १३ वटा वडामा आफ्नो उम्मेद्वार उठाएको थियो ।

जसमध्ये नेपाली काँग्रेस २२ वटा वडामा विजयी हुँदा नेकपा माओवादी केन्द्र १० वटा वडामा विजयी भएको थियो भने नेकपा एमालेले ८ वटा वडामा विजय हाँसिल गरेको थियो । त्यस्तै राप्रपाबाट ४, स्वतन्त्रबाट ३, जनता समाजवादीबाट १ र एकिकृत समाजबादीबाट ३ जना उम्मेद्वारहरु वडामा विजयी भएका छन् ।

जितेका र हारेका सवै वडा अध्यक्षहरुले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस  २९ हजार ९ सय ६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । त्यस्तै नेकपा एमालेले २५ हजार ९ सय ३८ मत पाउँदा नेकपा माओवादीले १४ हजार ३ सय ८० मत पाएको थियो ।

त्यस्तै राप्रपाले ५ हजार २ सय ८७ मत र नेकपा एकिकृत समाजबादीले ३ हजार ४ सय ५६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र लगायत अन्य साना दलहरुले ४ हजार ९ सय ४४ मत पाएका छन् । स्वतन्त्रबाट विजयी भएका ३ वटै वडाहरुमा नेपाली काँग्रेसकै बागी उम्मेद्वारहरु रहेकाले स्वतन्त्र उम्मेद्वारहरुले पाएको आधाजसो मत नेपाली काँग्रेसकै मत हुनसक्छ ।

धादिङको यस निर्वाचनमा क्षेत्रमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिृकत समाजबादीको संयुक्त उम्मेद्वार रामनाथ अधिकारी हुन भने नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेद्वार खेम प्रसाद लोहनी हुन् ।

Between Description 4

सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिृकत समाजबादी र जनता समाजवादीका वडा अध्यक्षले पाएको मत जोड्दा ४७ हजार ८ सय १ हुन आउँछ । त्यस्तै एमाले र राप्रपाका वडा अध्यक्षले पाएको मत जोड्दा ३१ हजार २ सय २५ मत हुँन आउँछ ।

जनता समाजबादीबाट फुटेर बनेको बाबुराम भट्टाराइको नेपाल समाजबादी पार्टीको पनि सत्ता गठबन्धनलाइ नै साथ रहेकोले तत्कालिन जसपा र हाल नेसपाले पाएको भोट १ हजार ६० समेत जोड्दा धादिङमा सत्ता गठबन्धनका उम्मेद्वार रामनाथ अधिकारी १७ हजार ६ सय ३६ मतले अघि रहेका छन् ।

सत्ता गठबन्धनका उम्मेद्वार अधिकारीलाइ यही अग्रताको मतान्तर विजयी हुने आधार हुनसक्छ भने राप्रपा–एमाले गठबन्धनका उम्मेद्वार खेम प्रसाद लोहनीलाइ यही मतान्तर हारको बाटो हुन सक्छ ।

तर स्थानीय तहको निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने, गठबन्धनको प्रतिको वितृष्णा र गठबन्धन दलहरुमा भएको केही असहमतीका भोटहरुमा आफुले ल्याएर चुनाव जित्ने रणनितिमा खेम प्रसाद लोहनी रहेका छन् । उम्मेद्वारी दर्ता पछि उनका अभिब्यक्तिले पनि त्यस्तै बताउँछ ।

लोहनी भन्छन्, ‘मेरो चुनाव जित्ने आधार भनेकै विगतमा मैले गरेको काम हो, त्यसमाथी बर्तमान गठबन्धन विरुद्धको असन्तुष्टिको भोटहरु मलाइ आउँछ । गठबन्धन राष्ट्रहित विपरीत हिडिरहेकाले पनि तमाम राष्ट्रबादी साथीहरुको भोट मलाइ आउछ र म जित्नेछु ।’

त्यस्तै रामनाथ अधिकारी गठबन्धनका अलावा आफ्नो इमान्दारिता, त्याग र जनताप्रतिको उत्तरदायी बन्ने प्रवित्तिले थप सहानुभुतिको भोट प्राप्त गरेर विजयी हुने दावी गर्दछन् । उनी भन्छन्, ‘गठबन्धनको आशले मात्रै मैले उम्मेद्वारी दिएको होइन, मेरो सक्रियता, इमान्दारी र जनताप्रतिको मेरो सेवाभावले मेरो आफ्नै ब्यक्तिगत भोट आउनेमा विश्वस्त छु, मेरो जित निश्चित छ ।’

यद्यपी दुवै उम्मेद्वारका आफ्नै पार्टीभित्र भने केही किचलो देखिएको छ । उम्मेद्वारी दर्ताका समयमा काँग्रेसका निवर्तमान सभापति रमेश प्रसाद धमलाले बागी उम्मेद्वारी दर्ता गराएका थिए भने राप्रपासंग भएको तालमेल पछि आफ्नो टिकट खोसिएको भन्दै एमाले उपाध्यक्ष धन बहादुर घलले पार्टी नै परित्याग गरेका छन् ।

धमलाले बागी उम्मेद्वारी फिर्ता लिएर गठबन्धनलाइ नै सघाउने घोषणा गरिसक्दा धनबहादुर घलेको पार्टी परित्यागले लोहनीलाइ झनै घाटा हुन सक्दछ । यद्यपी एमाले भने नेपाली काँग्रेसबाट टिकटका लागि प्रत्यासी रहेका नेता दिलमान पाख्रिनले टिकट नपाएपछि उनको पार्टीप्रतिको भुमिका के हुन सक्छ भनेर च्याखेदाउ हेरिरहेको छ । एमाले सत्तागठबन्धनका असतुष्टहरुसंग नजिक भएर त्यसभित्रको भोट आफुले तान्ने रणनितिमा केन्द्रित रहेको छ ।

दुवै प्रतिस्पर्धीलाइ पार्टीभित्रको असन्तुष्टिलाइ समाधान गर्न सकेमा प्रतिस्पर्धा थप रोचक हुनेछ । निर्वाचन हो, अहिले नै यो ब्यक्ति विजय हुन्छ भन्न सकिन्न । लोहनीले जितेमा उनी दोस्रो पटक साँसद बन्ने छन् भने अधिकारीले जितेमा २०६४ र २०७० मा बेहोरेको पराजयको घाउमा मलम लगाउने छन् । बाजी कसले मार्ला त त्यो भने मसिर ४ पछि नै थाहा हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
50 %
WOW
0 %
 Like
50 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल