Weather : 13.24° Celsius Kathmandu
धादिङ : त्रिपुरासुन्दरी गाउँपालिका वडा न. २ सल्याटारमा हुने महोत्सवको लागि समान र मजदुर लिएर गएको आईचर गाडी नीलकण्ठ नगरपालिका वडा नं. १० स्थित हनुमान डाँडामा दुर्घटना हुँदा ८ जना घाईते २ जनाको मृत्यु भएको छन् ।
ना ४ ख ८०४१ नम्बरको गाडी दुर्घटनामा परि चालक सहित महोत्सवमा काम गर्न आएका ८ जना मजदुर घाईते भएका छन । दुर्घटनामा परि कपिलवस्तुका ३५ वर्षिया ईन्द्रजीत पासि र २५ वर्षिया सद् दाम अन्सारीको मृत्यु भएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
घाईते हुनेमा भरत घर भएका २० वर्षिया मोहम्मत जुबेद, कपिलवस्तु घरभएका ५८ वर्षिया साधु धोबि, ५१ वर्षिया मंग्र पासि, २२ वर्षिया विनोद चमार, २८ वर्षिया तुलसीराम पासि, बञ्चनपुरका २४ वर्षिया भिम बहादुर चौधरी, मकवानपुरका ३९ वर्षिया सुर्य बहादुर थिङ र अनिस थिङ रहेका छन् ।
घाईतेहरुको विवरण :-