Weather : 8.5° Celsius Kathmandu
धादिङ: कपाल काट्ने शैलुन भन्नासाथ तपाइ हाम्रो दिमागमा झट्ट आइहाल्ने एउटा सोच हो तराइ मुलका ब्यक्तिहरुले (नाइहरु) गर्ने पेशा । तर तपाइ धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ पहरेचौतारामा रहेको ‘भुपु सैनिक स्टायल हेयर कटिङ’मा पुग्नुभयो भने फरक दृश्य पाउनु हुनेछ ।
नेत्रावती गाउँपालिका पुख्र्यौली घर भइ हाल पहरेचौतारामा नै घर भएका जुजुमान गुभाजू यतिबेला आफ्नै घरमा शैलुन ब्यवसाय (दाह्री कपाल काट्ने) संचालन गरिरहेका छन् । उनको शैलुनमा कपाल काट्नेहरुले बजारका अरु शैलुनको भन्दा तीन गुणासम्म कम शुल्क तिरे पुग्छ । अझ अनौठो कुरा के छ भने पैसा नहुनेहरु, असहाय, अपाङ्गता भएका ब्यक्तिहरु, बालबालिकाहरु र बृद्धहरुको उनी निशुल्क कपाल काटिदिने गर्दछन् ।
आफन्त इष्टमित्रहरुको कपाल काटेको पैसा लिदैनन्, उनीहरुले दिने पैसा एउटा बाकसमा सवैले देख्ने गरि राख्छन्, कसैले ५० रुपैया भन्दा बढी दिए भने पनि बढी पैसा त्यो बाकसमा राख्ने गरेका छन् । बाकसमा जम्मा हुने पैसा आफ्नो टोलभरिका (पहरेचौतारा टोल सुधार समिति) विद्यार्थीहरुमध्ये जसले धेरै जिपिए ल्याएर SEE पास गर्छन् उसैलाइ दिने सोच बनाएका छन् जुजुमानले ।
जुजुमानको शैलुन पेशाको यात्रा
नेपाली सेनाबाट २०७४ सालमा सेवा निवृत्त भएका गुभाजूले रहरले उक्त पेशा भने सुरु गरेका होइन् । शैलुन संचालन गर्न उनलाइ २०७८ सालमा बाध्यता आइपर्यो ।
आफ्नो टोलमा एउटै पनि शैलुन नभएपछि दारी कपाल काट्न मुख्य बजार नै पुग्नपर्ने उनलाइ र टोलबासीलाइ बाध्यता थियो । उनले एकजना शैलुन पेशा गर्नेलाइ आफ्नो टोलमा शैलुन राख्न आग्रह गरे । ब्यवसाय सुरु गर्नको लागि उनले ४५ हजार ऋण पनि दिए ।
वीरगन्ज घरभएका शैलुन संचालकले ब्यवसाय सुरु गरेको केही समयमा कोरोना महामारीले राम्रोसंग काम गर्न सकेनन् । कोरोनाकालमा उनले शैलुन संचालकलाइ घरभाडा छुट पनि दिए । ब्यवसाय सुरु गर्नको लागि आफुले दिएको ऋण फिर्ता पनि पाए जुजुमानले । तर निरन्तरको लकडाउनका कारण घर गएका शैलुन संचालक फर्केर नआएपछि उनको घरमा रहेको शैलुन अलपत्र पर्यो ।
अरुलाइ सटर भाडमा दिउ भने सटर भरि शैलुनका सामान छ, कहाँ लैजाने । नदिउ अव के गर्ने भन्ने दोधारका वीच जागिर खानुभन्दा अघि आफुमा भएको सीप अव यही प्रयोग गर्छु भन्ने लागेर आफैले मर्मत सम्भार गरेर शैलुनको सेवा सुरु गरेको जुजुमानले बताए ।
शैलुन संचालनमा ल्यानको लागि जुजुमानलाइ अर्को सजिलो पनि के भयो भने उनकै घरमा भाडामा बस्ने २ जना बजारमा चलेको शैलुनमा पनि काम गर्थे, केही प्राविधिक ज्ञान उनीहरुबाट सिकेर अहिले ब्यवसायिक रुपमा जुजुमानले शैलुन संचालन गरिरहेका छन् । जुजुमानभन्छन्, ‘दैनिक छाक टार्न मुस्किल भएर होइन, रहरले पनि होइन बाध्यतामा परेर सुरु गरेको ब्यवसायले धेरै राम्रो प्रतिफल दिइरहेको छ ।’
यतिबेलाको उनको शैलुनमा सेवा लिन दैनिक ४० देखि ५० जनासम्म आउने गरेका छन् । ‘धेरै खर्च पनि नहुँदा रहेछ, नपत्याउँदो पैसा कमाइ हुने रहेछ यो पेशामा ।’ जुजुमानले भने, ‘मैले कम शुल्क लिँदा त फाइदै फाइदा भइरहेको छ भने सामान्य सीप सिकेको खण्डमा घर चलाउन र परिवाल पाल्नकै लागि विदेश गइरहने नपर्ने रहेछ नी त । हामीले सिक्न र गर्न खोज्नै पो नचाहेका रहेछौँ ।’
विपन्न असहाय र बालबालिकाहरुलाइ किन निशुल्क सेवा दिनुभएको भन्ने प्रश्नमा जुजुमान भन्छन्, ‘पैशा कमाएरै मात्रै आत्मसन्तुष्टि हुँदो रहेनछ भन्ने कुरा मैले नेपाली सेनाको जागिर खाँदा अनुभव गरे । सेनाकै जागिरले बालबच्चा पढाए, घर बनाए, तरपनि मनमा कता कता के नपुगेको जस्तो लागिरहन्थ्यो । मलाइ सामाजिक सेवा गर्ने अवसर जुरेको रहेछ क्यारे, यो पेशाले मलाइ घरखर्च चलाउने पैसा संगै आत्मसन्तुष्टि पनि दिएको छ ।’
कपाल काट्दा हेर्ने ऐनामा उनले एउटा बाक्य लेखेका छन् ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु बराबर हो’ भनेर । उनी भन्छन्, ‘देशको यो हालत भएको, लाखौ युवा रोजगारीको लागि विदेशिनु पर्ने अवस्था आइरहेको सवै भ्रष्टाचारले गर्दा हो, नेतृत्व तहमा रहेका सवैजनाले इमान्दार बनेर आफ्नो जिम्मेवारी मात्रै पुरा गर्ने हो भने देशले धेरै फड्को मार्ने मेरो बुझाइ छ, त्यही भएर यो लाइन कपाल काट्न आउनेहरुले एकपटक पढुन भनेर राखेको हुँ ।’
सुरुमा आफुले कपाल काट्ने काम सुरु गर्दा हाँसी मजाक गरेका छिमेकीहरु पनि उनको सेवा गर्ने शैली देखेर उनकैमा दाह्री कपाल काट्ने गर्छन । कसैले यो पेशा सिक्न चाहेमा उनी निशुल्क सिकाइदिने पनि जुजुमान बताउछन् ।
४ छोरीका पिता जुजुमानले २ छोरीलाइ उच्च शिक्षा पढाइसकेका छन्, एउटी त बेलायत तिर छिन् भने एउटी बालमैत्री अस्पतालमा स्टाफ नर्स छिन् । २ छोरीहरु धादिङवेशीकै चिल्ड्रेनपार्क बोर्डिङमा पढ्छन् । श्रीमानको कामप्रति उनकी श्रीमती तुलमाया पनि खुसी छिन् । भन्छिन, ‘परिवार संगै बस्न पाइएको छ, अरुलाइ सेवा गर्न पनि पाइएको छ ।’
यो काम गरेपछि समय विताउन पनि धेरै सजिलो भएको जुजुमानले बताए । ‘जागिर छाडिहालियो अव के गरेर बस्ने होला भन्ने त मनमा कुरा खेलिरहेकै थियो । कतै सेक्युरेटी गार्डको काम गर्न जान पनि सधै कति परिवारबाट टाढा भएर बस्नु भन्ने लाग्थ्यो ।’ जुजुमानले भने। ‘संगै जागिर छाडेकाहरुले सेक्युरेटीमा काम गर्न पनि बोलाएका थिए तर मलाइ यो जुर्यो । कपाल काट्न आउनेहरुसंग सुख दु:खका गफ गर्दै काम गर्यो, पैसा पनि आयो समय कटायो । साहै्र गज्जव भएको छ मलाइ