राजनिति / नेपाल / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ राजनिति / नेपाल / स्थानीय निर्वाचन २०७९

२०७९ सबैभन्दा धेरै ४१ देखि ६० वर्ष उमेर समूहका जनप्रतिनिधि निर्वाचित

Mahotsap
२०७९ सबैभन्दा धेरै ४१ देखि ६० वर्ष उमेर समूहका जनप्रतिनिधि निर्वाचित

काठमाडौँ : स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा धेरै ४१ देखि ६० वर्ष उमेर समूहका जनप्रतिनिधि निर्वाचित भएका छन् । देशभरका ७ सय ५३ पालिकामा निर्वाचित ३५ हजार ९७ जनप्रतिनिधिमध्ये ४१ देखि ६० वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् १८ हजार ३ सय ४७ छन् ।

२१ देखि ४० वर्ष उमेर समूहका १४ हजार ४ सय ४२ जना छन् भने ६१ देखि ८० वर्ष उमेर समूहका २ हजार २ सय ९१ जना छन् । त्यस्तै, ८१ वर्ष र सोभन्दा माथि उमेरका १७ जना छन् ।

निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ४१ देखि ६० वर्ष उमेर समूहका व्यक्ति २१८ पालिकामा प्रमुख, १ सय ७४ मा उपप्रमुख, ३ सय २० पालिकामा अध्यक्ष र २ सय १२ पालिकामा उपाध्यक्ष निर्वाचित भएका छन् ।

३७ पालिकामा प्रमुख, ९५ पालिकामा उपप्रमुख, १ सय ६ पालिकामा अध्यक्ष र २ सय ३४ पालिकाको उपाध्यक्ष पदमा २१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति निर्वाचित भएका छन् ।

Between Description 4

त्यस्तै, ६१ देखि ८० वर्ष उमेर समूहका व्यक्ति ३८ पालिकामा प्रमुख, २४ पालिकामा उपप्रमुख, ३४ पालिकामा अध्यक्ष र १४ पालिकामा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका ३ हजार २ सय ५३ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल