धादिङ स्पेशल / नीलकण्ठ / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / नेपाल

अरुणखोला : बस्तीमा खोला पसेको कि, खोलाछेउ अतिक्रमणमा परेको ? ३ फोटोमा हेर्नुहोस

Mahotsap
अरुणखोला : बस्तीमा खोला पसेको कि, खोलाछेउ अतिक्रमणमा परेको ? ३ फोटोमा हेर्नुहोस

धादिङ: सोमबार रातीको अविरण वर्षाका कारण धादिङ सदरमुकाम छेउ भएर बग्ने अरुण खोलाले रौद्र रुप लियो । खोला छेउका धेरै संरचनाहरु बाढीले तहसनहस बनाइदियो । जिल्ला विपद ब्यवस्थापन समितिको प्रारम्भिक क्षति विवरणअनुसार 
३ र ४ नं वडाका ३९ घर विस्थापित भएका छन् ।

सीपीचोकमा रहेको टंकेश्वर हार्डवयरको जस्तापाता, ड्रम, रड गरी अनुमानित १ करोड १७ लाख नोक्सान भएको छ । त्यस्तै सिरानबजार कृष्ण श्रेष्ठको फर्निचर बगाएको छ, ३ नं वडाको विनोद श्रेष्ठको एउटा भैंसी २ वटा पाडा बगाएको छ । त्यस्तै वडा नं ४ कि सिम्लेगैरीकी भगवती न्यौपानेको ७ वटा बुंगुर बगाएको छ । 

त्यस्तै विजुलिको ४ वटा पोल बगाएको, १२ पोल उच्च जोखिममा र ६ पोल खतरामा परेको छ । जस्का कारण नेत्रावती, त्रिपुराससन्दरी, गंगाजमूना पुर्ण रुपमा अन्धकार बनेको छ । मर्मत सम्भारको लागि कति दिन लाग्ने यकिन छैन । भुलभुले क्षेत्रमा विद्युत पोलहरु जोखिमपूर्ण छ । 

बजारको खानेपानीको पाइप बगाएको छ, पानी सप्लाई पूर्ण बन्द छ, बोरिङका एक सय वटा जति पानी तान्ने मोटर बगाएको छ । विमिरे जाने झोलुंगे पुर बगाएको छ भने अरुङ खोलाका  २ वटा मोटरेवल पुल जोखिममा छ ।

जानकारहरुका अनुसार पहिले पनि खोला बाढी आएको बेला ठुलो नै हुन्थ्यो, आफ्नो बाटो सरसर बग्थ्यो । पछिल्ला वर्षहरुमा खोला अतिक्रमण यसरी बढ्यो कि खोलामै पिल्लर हालेर घर बनाउन थालियो । सोमबारको भीषण बाढीले स्थानीयहरुका घरटहरा बगाउदा करौडौँको क्षति हुनु त दुःखद भएतापनि खोलाले अतिक्रमण गरेर बनाइएका संरचनाहरु बगाएर यति धेरै क्षति भएको स्थानीय बयोबृद्धहरुको तर्क छ । 

Between Description 4

स्थानीयका अनुसार अरुण खोला यति ठुलो बनेर र यति धेरै क्षति निम्त्याउने गरेर अहिलेसम्म बगेको थिएन । तर सोमबार रातीको अविरल वर्षापछि खोलामा बाढी आउँदा खोला किनारका संरचनाहरु तहसनहस बनायो ।

अरुङ खोलाले किन यति धेरै क्षति बनायो त ? हामीले केही वर्षअघिको खोला र अहिलेको खोलाको अवस्था खोज्ने प्रयास गरेका छौँ । गुगलको सहायतामा धादिङवेशी आसपासका ३ स्थानको १० वर्षअघिको अरुण खोलाको क्षेत्र र अहिलेको खोलाको क्षेत्रको तुलना गरेका छौँ । । 

फोटो तुलना गरेर हेर्नको लागि फोटोमा छोएर अथवा क्लिक गरेर दाँयावायाँ सार्नुहोला । बीचमा केही खाली देखिएर मात्रै अर्को फोटो आउनेछ ।

सीपीचोक आसपासका क्षेत्रहरु १० वर्षअघि र अहिले

रायटार प्लटि ओमशान्ति र आसपासका क्षेत्रहरु १० वर्षअघि र अहिले

सिरानबजारदेखि जिल्ला अस्पताल पछाडीसम्मको १० वर्षअघिको खोला क्षेत्र र अहिलेको क्षेत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल