राजनिति / नेपाल / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ राजनिति / नेपाल / स्थानीय निर्वाचन २०७९

बुढीगंगाको ६ वडाको परिणाम घोषणा हुँदा ५ मा एमाले निर्वाचित

Mahotsap
बुढीगंगाको ६ वडाको परिणाम घोषणा हुँदा ५ मा एमाले निर्वाचित

डोटी : बाजुराको बुढीगंगा नगरपालिकाको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । हालसम्म ६ वटा वडाको मतगणना भइसक्दा ५ वटा वडाको वडाध्यक्ष नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एउटा वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो परिणाम अनुसार वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार खडक बहादुर अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५ सय २८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गोरख रौलेले २ सय १९ मत ल्याएका हुन् । १ हजार ३ सय ४० मतदाता रहेको वडामा ७ मा ६७ सय मत खसेको थियो ।

वडा नं. ८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेशबहादुर रावल निर्वाचित भएका छन् । रावलले ३ सय ५९ ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विराज रावलले ३ सय १ मत ल्याएका छन ।

वडा नंं. २ मा एमालेका उम्मेदवार पदमबहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ८ सय ३८ प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर थापाले २ सय ३५ मत प्राप्त गरे ।

वडा नंं. १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउद निर्वाचित भएका छन् । साउदले ५ सय ४८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे ।

बुढीगंगा नगरपालिकाको वडा नं. ९ को वडाध्यक्षमा पनि एमालेले नै जितेको छ । एमालेका उम्मेदवार मीनबहादुर सिंह ४ सय ९२ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् ।

यस्तै, वडा नं. १ को अध्यक्षमा एमालेका उम्मेदवार रणबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४ सय १६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार लोगबहादुर थापाले ३ सय ५० मत ल्याए ।

Between Description 4

हालसम्म ६ वडाका ५ हजार ४ सय २५ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्राप्त परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ कांग्रेसका उम्मेदवार रंगबहादुर खाती भन्दा एक हजार ५ सय ६२ मतान्तरले अगाडि छन् । बानियाँले ३ हजार ३ सय ५१ मत प्राप्त गर्दा खातीले १ हजार ७ सय ८९ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का (कुँवर) को अग्रता कायमै छ । उनी प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रीता शाही भन्दा १ हजार ३ सय ९६ मतले अगाडि छन् । खड्काले ३ हजार २ सय ५८ मत प्राप्त गरेकी छन् भने शाहीले १ हजार ८ सय ६२ मत ।

बुढीगंगा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको छ । वैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।

अहिले वडा नं. ४ र ७ को गणना भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल