नेपाल / अपराध

गृहपृष्ठ नेपाल / अपराध

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

Nikantha Na Pa
भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

बर्दिया : बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका(३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

भारतीय जंगलमा गोली लागेर मृत्यु भएका हेमराज गोडियाकी श्रीमती,छोरा र आफन्ती । गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेर पछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा फोन गरी आफन्तीलाई बोलाएका थिए ।
 

राति नै उनलाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइएको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए । उनलाई कसले गोली हानेको हो अनुसन्धान भइरहेको उनले जनाए ।

Between Description 4

स्रोतका अनुसार भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका गरिएको छ । कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रुपमा जंगल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको शंका गरिएको छ । उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल