Weather : 20.12° Celsius Kathmandu
हेटौँडा : मकवानपुर प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी रकमसहित दुईजनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९, खराङ्गाबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी रकमसहित दुईजनालाई पक्राउ गरेको हो।
खराङ्गास्थित कल्पना घलानको घरको कोठामा राखेको मधेश प्रदेश ०३–०२३ प ३१७२ नम्बरको मोटरसाइकलमा लुकाएर राखेको अवस्थामा भारतीय र नेपाली गरी १० लाख ३५ हजार दुईसय ४० रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको जनाइएको छ।
मोटरसाइकल चालक कैलाश गाउँपालिका–१ का ५३ वर्षीय सानुकान्छा योञ्जनले लुकाएर ल्याएको भारतीय एक लाख ९८ हजार नौ सय रुपैयाँ र नेपाली ७ लाख १७ हजार रुपैयाँ बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ।
योञ्जन केही लागुऔषध अफिम १३ किलो १२० ग्राम र चरेस २६ ग्राम मुद्दाका फरार प्रतिवादी समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानका लागि योञ्जन र घरधनी कल्पना घलानलाई नियन्त्रणमा लिएको जनाएको छ।