धादिङ स्पेशल / खनियावास / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / खनियावास / अपराध

धादिङको खनीयाबास-२, अक्थलीबाट पेस्तोल सहित २ जना पक्राउ

Nikantha Na Pa
धादिङको खनीयाबास-२, अक्थलीबाट पेस्तोल सहित २ जना पक्राउ

धादिङः उत्तरी धादिङको खनियावास गाउँपालिकामा पेस्तोल घरेलु हतियार सहित २ युवा पक्राउ परेका छन् ।

खनीयावास गाउँपालिका वडा नं २ अक्थलीबाट पेस्तोल र खुकुरी सहित दुइ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा झार्लाङको सुनिल तामाङ र अविनाश तामाङ रहेका छन् ।

उनीहरु दुवैजना स्थानीय पशुराम तामाङको घरमा डेरामा लिई बसेका थिए । नजिकैका गाउँका स्थानीय अर्को गाउँमा पुगेर हातहतियार सहित डेरा लिएर बसेको बेलामा पक्राउ परेको घटनाले ठुलै घटना टरेको स्थानीयहरुले अनुमान गरेका छन् ।

उनीहरुले अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेका छन् भन्ने गोप्य सुचना जिल्ला प्रहरी कार्यालयमा आएपछि धादिङबाट प्रहरी निरीक्षक रमेश थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले सुनिल तामाङ र अविनाश तामाङलाइ डेराबाटै हतियार सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

Between Description 4

पक्राउ परेकाहरुबाट १ थान म्याग्जिन सहितको पेस्तोल, खुकुरी थान १ थान र उनीहरुले बोकेको मोवाइल सेट ३ वटा रहेको छ । उनीहरुलाइ हातहतियार तथा खरखजाना मुद्धा अन्तरगत म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल