Weather : 19.12° Celsius Kathmandu
काठमाडौ : रसुवा, रुकुम पूर्व, तेह्रथुम, नवलपरासी पश्चिम र सर्लाहीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने ४६ वर्षीया वाङमु तामाङ सोही ठाउँस्थित उत्तिसघारी जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ५÷७ दिनदेखि घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४ त्रिबेणीस्थित खोला किनारमा सोही गाउँपालिका–१२ घर भएका ५५ वर्षीय जय बहादुर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँ जाने बाटोको जंगलमा सोही ठाउँ बस्ने ३१ वर्षीया तारा भुलेल शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ६÷७ दिनदेखि हराई बेपत्ता भएकी ताराको उक्त जंगलमा शव फेला परेको हो ।
नवलपरासी ९पश्चिम०को सुस्ता गाउँपालिका–२ फेनहरा बस्ने ६७ वर्षीय राधे चमार प्रतापपुर गाउँपालिका–७ सूर्यापुरास्थित गण्डक नहर सूर्यापुरा पावर हाउसको जालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका–१० ताईवान टोलस्थित सडक छेउमा हाल पहिचान नखुलेका सोही ठाउँमा मागी खाई हिँड्ने करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।