Weather : 20.12° Celsius Kathmandu
नेकपा माओवादी केन्द्र निकट वाइसीएल नीलकण्ठ ५ का नेता हरि श्रेष्ठमाथी आक्रमण भएको छ ।
आक्रमणका कारण टाउकोमा गम्भिर चोट लागेका श्रेष्ठलाइ जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको छ ।
घाइते श्रेष्ठ गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तत्कालिन मेयरका उम्मेद्वार भीम प्रसाद ढुङ्गानामाथी भएकाे आक्रमणका मुख्य आराेपी ब्यक्ति हुन् ।
नेपाली काँग्रेस निकट तरुण दलको नीलकण्ठ नगर उपाध्यक्ष समेत रहेको दिनेश थापामगरले श्रेष्ठलाइ आक्रमण गरेका हुन् । आक्रमण गर्ने मगरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
आफ्नो मेयरमाथी भएको आक्रमणमा संलग्न भएका माओवादी कार्यकर्ताहरुलाइ तत्काल पक्राउ गरी कारवाही गर्न तरुण दलले प्रहरीलाइ अनुरोध गर्दै आएको थियो ।
शुक्रवार वीचबजार चोक नजिक रहेको आफ्नै कार्यलयमा श्रेष्ठलाइ आक्रमण गरेको नेकपा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले जानकारी दिए । श्रेष्ठमाथीको आक्रमणमा संलग्न मगरलाइ कारवाहीको माग गर्दै नेकपा माओवादी केन्द्रले विज्ञप्ती जारी गरेको छ ।
आक्रमणमा संलग्न रहेका दिनेश थापा मगर र उसको समुहलाइ तत्काल पक्राउ गरि कारवाही गर्न प्रहरीलाइ चेतावनी दिइएको छ ।