नेपाल / अपराध

गृहपृष्ठ नेपाल / अपराध

काठमाडौ नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जना पक्राउ

काठमाडौ नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। 

नुवाकोट बिदुर नगरपालिका– ८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरो स्रोतले जानकारी दियो। मंगलबार बिहान साढे ९ बजे चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा नाकामा बिएबी ५७१० नम्बरको कारलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो।

सो कार नुवाकोटबाट काठमाडौं आउँदै थियो। सो कारको डिक्कीबाट प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७ सइ २० रुपैयाँ बरामद गरेको हो। 

प्रहरी स्रोतका अनुसार लागु औषध सहित केही मानिसहरू काठमाडौं प्रवेश गर्दैछन् भन्ने सूचना पाएको थियो। सो सूचना अनुसार प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट संयुक्त रुपमा टोली खटियो। 

टोलीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम फेला पारेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल