धादिङ स्पेशल / राजनिति / नेपाल / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / राजनिति / नेपाल / स्थानीय निर्वाचन २०७९

दोस्रो कार्यकालको लागि निर्वाचित हुने धादिङका २३ भाग्यशाली वडाअध्यक्षहरु

Mahotsap
दोस्रो कार्यकालको लागि निर्वाचित हुने धादिङका २३ भाग्यशाली वडाअध्यक्षहरु

धादिङ: स्थानीय तह सदस्यको निर्वाचन अन्तरगत धादिङमा २३ जना वडा अध्यक्षहरुले दोहोरिएर निर्वाचित हुने अवसर पाएका छन् ।

कुल १ सय ४ वटा वडा रहेको धादिङ जिल्लामा ४८ वटा वडाका अध्यक्षहरु दोस्रो कार्यकालको लागि चुनावी प्रतिस्पर्धामा थिए । जसमध्ये २३ जना भाग्यमानी रहे भने दोहोरिएर चुनावी प्रतिस्पर्धामा रहेका २५ जना वडाअध्यक्षहरु पराजित हुन पुगे ।

यी हुन दोस्रो कार्यकालको लागि पनि निर्वाचित भएका भाग्यमानी वडाअध्यक्षहरु

१ बहादुर तामाङ
गंगाजमुना गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रका बहादुर तामाङ विजयी भएका छन् । वडा नम्वर १ मा कुल १३ सय ५६ मत खसेकोमा बहादुरले ५ सय ५२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पुर्ण बहादुर तामाङले ४ सय ६० मत ल्याए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि माओवादी बाटै बहादुर विजयी भएका थिए । त्यो बेलामा उनले ४ सय १ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका गुरुङ लामा तामाङले २ सय मत मात्रै पाएका थिए ।

२ भुवन त्रिपाठी
बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका भुवन त्रिपाठी २ मतले विजयी भएका छन् । भुवनले ८ सय ५१ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका ऋषिनाथ त्रिपाठीले ८ सय ४९ मत पाए । यसअघि २०७४ को निर्वाचनमा पनि भुवनले ऋषिलाइ नै हराएर वडा अध्यक्षमा चुनिएका थिए । २०७४ मा भुवनले ६ सय ७२ ल्याएका थिए भने ऋषिले ४ सय १८ मत ल्याएका थिए ।

३ ध्वज बहादुर गुरुङ
नीलकण्ठ नगरपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका ध्वजबहादुर गुरुङ फेरि विजयी भएका छन् । उनले ९ सय ४४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दि नेपाली काँग्रेसका उम्मेदवारले ८ सय ७ मत हासिल गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवारले ७ सय ७७ मत हासिल गरेका छन् ।

०७४ सालमा पनि माओवादीबाट वडा अध्यक्षमा विजयी बनेका गुरुङ ५ वर्ष पछि फेरि अध्यक्षमा विजयी बनेका हुन् । ७४ सालमा ७ सय ८ मत प्राप्त गरि विजयी भएका उनको निकटतम प्रतिस्पर्धी एमालेका जीतलाल गुरुङले ५७३ मत ल्याएका थिए ।

४ गणेश बहादुर गुरुङ
नीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका गणेश बहादुर गुरुङ विजयी भएका छन् । निवर्तमान वडा अध्यक्ष समेत रहेका गुरुङले ६ सय ५५ मत ल्याउदा एमालेका मान बहादुर गुरुङले ४ सय ६५ मत र नेपाली काँग्रेसका भुपाल गुरुङले ९० मत मात्रै पाएका छन् ।

गणेश बहादुर २०७४ को स्थानीय तहको चुनावमा पनि माओवादीबाट वडा अध्यक्षमा ४४९ मत पाएर विजयी भएका थिए । काँग्रेसबाट उठेका भुपाल गुरुङले २०७४ मा २ सय ३१ मत ल्याएको भएपनि यसपटक भने सय कटाउन सकेनन् । 

५ गौतमहरी अधिकारी
नीलकण्ठ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली काँग्रेसका गौतमहरि अधिकारी ५ सय मतान्तरले निर्वाचित भएका छन् । अधिकारी यस अघि पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले १ हजार १ सय २ मत पाउँदा नेकपा माओवादी केन्द्रले मा मेघनाथ पोखरेलले ६ सय २ मत पाए भने नेकपा एमाले इश्वरी प्रसाद अधिकारीले ४ सय ९६ मत पाए ।

गौतमहरि २०७४ को निर्वाचनमा पनि काँग्रेसकै तर्फबाट विजयी भएका थिए । उनले ६ स४८ मत ल्याएर विजयी हुँदा नेकपा माओवादीका दिपक विश्वकर्माल ६ सय १० मात्रै ल्याएका थिए । उनै दिपक विश्वकर्मा यसपालि भने भाग्यमानी रहे । माओवादी केन्द्रबाट उपमेयरको उम्मेद्वार रहेकाविश्वकर्माले गठबन्धनको सहयोगमा उपमेयरमा निर्वाचित भए । 

६ हरि प्रसाद खतिवडा
गल्छी गाउँपालिका वडा नं ७ मा नेकपा एमालेका हरि प्रसाद खतिवडा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वार चन्द्र प्रसाद खतिवडालाइ ३ सय ३ मतान्तरले पराजित गर्दै हरिप्रसाद दोस्रो कार्यकालको लागि विजयी भएका हुन् ।

हरिप्रसादले १ हजार ९२ मत पाएर विजयी हुँदा चन्द्र प्रसादले ७ सय ८९ मत पाए । २०७४ को निर्वाचनमा पनि हरि प्रसाद खतिवडा नै वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यो बेला हरिप्रसादले ७ सय १९ मत पाउँदा काँग्रेसका धन बहादुर गौतम ५ सय ३ मत ल्याएर पराजित भएका थिए ।

७ हरि प्रसाद सुवेदी
धुनीबेसी नगरपालिका वडा न. ४ मा नेकपा एस का हरि सुवेदी विजयी भएका छन् । उनले ८ सय ३६ मत ल्याउदा उनका प्रतिद्धन्दी अर्जुन बहादुर सुवेदीले ६ सय ८९ मत ल्याएर पराजित भएका हुन् ।
२०७४ को निर्वाचनमा एमालेका हरि प्रसाद सुवेदीले ९ सय ६० मत ल्याएर विजयी भएका थिए । एमालेबाट फुटेर बनेको समाजबादीले गठबन्धनको सहयोगमा एमालेलाइ नै हराइदिएको छ ।

८ कपिलदेव सिंखडा
त्रिपुरासुन्दरी गाउँपालिकाको ४ नम्वर वडामा माओवादी केन्द्रका कपिलदेव सिंखडा काँग्रेसका खड्ग बहादुर सिंखडालाइ पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । कपिलदेवले ७ सय ९ मत पाउँदा खड्गबहादुरले ४ सय ५७ मत पाए ।

०७४ को निर्वाचनमा पनि कपिलदेव माओवादीबाटै ४  सय ७६ मत ल्याएर निर्वाचित भएका थिए भने २०७४ मा पराजित भएका नेपाली काँग्रेसका इश्वर धरेलले ४ सय १८ मत पाएर पराजित भएका थिए ।

९ कृष्ण गुरुङ
ज्वालामुखी गाउँपालिका वडा नं ४ मा नेपाली काँग्रेसका बागी उम्मेद्वार कृष्ण गुरुङ विजयी भएका छन् । उनको यो दोस्रो कार्यकाल हो । २०७४ मा काँग्रेसबाटै टिकट पाएर वडा अध्यक्ष जितेका गुरुङ यसपटक पार्टीलाइ अरुलाइनै टिकट दिएपछि असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा बागी उम्मेद्वारी दिएका थिए ।

खरायो चिन्ह लिएर प्रतिस्पर्धा गरेका गुरुङले काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ दोब्बर मतअन्तरले पराजित गरे । गुरुङले ११ सय ३ मत पाउँदा काँग्रेसका कृष्णलाल श्रेष्ठले जम्मा ५ सय ३९ मत मात्रै पाए । नेपाली काँग्रेसको गढ भनेर चिनिने उक्त वडामा यसपटक काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ एमालेले पनि  उछिनेको छ ।

एमालेका राम प्रसाद अर्यालको ५ सय ९४ मत आएको छ । २०७४ मा गुरुङ काँग्रेसबाट १२ सय ९४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका संजय दुवाडीको ६ सय ९९ मात्रै मत आएको थियो ।

१० कृष्ण बहादुर खत्री
त्रिपुरासुन्दरी गाउँपालिकाको २ नम्वर वडामा निवर्तमान वडाअध्यक्ष समेत रहेका कृष्ण बहादुर खत्रीले नेपाली काँग्रेसका उम्मेद्वार रविन्द्र बुर्लाकोटीलाइ ५५ मतले हराउदै पुनः वडाअध्यक्षमा निर्वाचित भएका छन् । खत्रीले १२ सय ३१ मत पाउँदा बुर्लाकोटीले ११ सय ३६ मत पाएका थिए ।

२०७४ को निर्वाचनमा पनि खत्रीले ९ सय ९९ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कृष्ण प्रसाद बुर्लाकोटीको ६ सय ९१ मत आएको थियो ।

११ कुश बहादुर सिटौला
त्रिपुरासुन्दरी गाउँपालिका कै ५ नम्वर वडामा नेकपा माओवादी केन्द्रका कुशर बहादुर सिटौलाले काँग्रेसका इन्द्र कुमार श्रेष्ठलाइ ६९ मतले पराजित गर्दै दोस्रो पटक विजयी बनेका छन् । सिटौलाले ५ सय १८ मत पाउँदा श्रेष्ठले ४ सय ४९ मत पाए ।

यो वडामा २०७४ को निर्वाचनमा पनि माओवादीका कुश बहादुर सिटौला ३ सय ४० मत ल्याएर नेकमा एमालेका हिम बहादुर थापालाइ पराजित गरेका थिए । थापाको ३ सय १२ मत आएको थियो । 

१२ प्रकाश हमाल
धुनिवेसी नगरपालिका वडा नं  ३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश हमाल विजयी भएका छन् । गठबन्धनवाट उम्मेद्वार बनेका हमालले ९ सय ३५ मत ल्याए भने उनका प्रतिद्धन्दी नेकपा एमालेका बद्रिप्रसाद कंडेलले ४ सय ९२ मत ल्याए ।

हमाल २०७४ सालको स्थानिय तह निर्वाचनमा समेत १९ मतले निर्वाचित भएका थिए । उनले त्यो बेला पराजित भएका नेकपा एमालेका उम्मेद्वार राजेश कुमार रुचालको ६ सय ५२ मत आएको थियो भने विजयी भएका हमालको ६ सय ७१ मत आएको थियो ।

१३ प्रशान्त तामाङ
रुबीभ्याली गाउँपालिका वडा नं ४ मा राप्रपाका प्रशान्त तामाङ दोहोरिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उनी राप्रपाबाटै विजयी भएका थिए । यो वडा राप्रपाका केन्द्रिय उपाध्यक्ष बुद्धिमान तामाङको वडा पनि हो । प्रशान्तले ५ सय ४ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रका विपिन तामाङ ३ सय ५५ मत मै सिमित भए ।

Between Description 4

२०७४ को निर्वाचनमा पनि प्रशान्तले ५ सय २० मत ल्याएर विजयी भएका थिए । त्यो बेला उनका निकटतम् प्रतिद्वन्दीमा नेकपा एमालेका पुरन तामाङ (२५१ मत) थिए ।

१४ राजु अधिकारी
गल्छी गाउँपालिका वडा नं ४ मा नेपाली काँग्रेसका राजु अधिकारी विजयी भएका छन् । अधिकारीले ११ सय ६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जयराम अधिकारीले १ हजार ४७ मत ल्याए  ।

राजु २०७४ को निर्वाचनमा पनि नेकपा एमालेका केशव अधिकारीलाइ पराजित गरेर वडा अध्यक्षमा विजयी भएका थिए । त्यो बेला राजुले ७ सय ३२ मत पाउँदा केशवले ७ सय १३ मत पाएका थिए ।

१५ रामकृष्ण रेग्मी
धुनीवेशी नगरपालिका वडा नं ८ मा नेकपा माओवादी केन्द्रका रामकृष्ण रेग्मी दोहोरिएका छन् । उनले २ सय ७० मत अन्तरले नेकपा एमालेका धु्रव लाल श्रेष्ठलाइ हराए । रेग्मीले १ हजार ७६ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्दी श्रेष्ठले ८ सय ६ मत पाए ।

रेग्मी २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी भएका थिए । त्यो बेला पनि नेकपा एमालेकैै नेता भरत रेग्मीलाइ १ सय २७ मतले पराजित गरेका थिए । २०७४ मा रामकृष्णले ८ सय ५५ मत ल्याउदा भरतले ७ सय २८ मत पाएका थिए ।

१६ राम कुमार श्रेष्ठ
नीलकण्ठ नगरपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रका राम कुमार श्रेष्ठ विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वारलाइ २ सय २४ मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन ।

राम बहादुरले ११ सय ४० मत ल्याउदा काँग्रेसका क्षेत्र बहादुर मगरको ९ सय १६ मत आएको थियो । राम बहादुर यस अघि २०७४ को स्थानीय तहमा पनि नेपाली काँग्रेसका हस्त बहादुर मगरलाइ पराजित गर्दै निर्वाचित भएका थिए । श्रेष्ठको ७ सय ३३ आएर विजयी हुँदा मगरको ६ सय ९३ मात्रै आएको थियो ।

१७ ऋषिलाल श्रेष्ठ
गजुरी गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका ऋषिलाल श्रेष्ठ विजयी भएका छन् । 
ऋषिलाल श्रेष्ठ नेकपा एस का शोभा चेपाङलाइ ४ मतको झिनो अन्तरले हराउदै विजयी भएका हुन् । श्रेष्ठले ४ सय ६९ मत पाउँदा शोभाले ४ सय ६५ मत मात्रै पाइन् । नेकपा एमालेका अरुण कुमार पराजुली भने १ सय ४५ मतका साथ तेस्रो भए ।

ऋषिलाल २०७४ को निर्वाचनमा पनि अध्यक्षमा काँग्रेसबाट विजयी भएका थिए । उनले तत्कालिन नेकपा एमालेका उम्मेद्वार शोभा चेपाङलाइ नै पराजित गरेका थिए । पराजित चेपाङको ३ सय ६४ मत आउँदा विजयी श्रेष्ठको ४ सय ८ मत आएको थियो ।

१८ रोशन कुमार सिलवाल
बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रका रोशन कुमार सिलवाल दोहोरिएका छन् । सिलवाल बेनिघाट रोराङ गाउँपालिकाको प्रवक्ता पनि थिए ।  २०७४ मा पनि उनी माओवादी केन्द्रबाटै विजयी भएका थिए ।

७४ मा एमालेका इश्वर कुमार श्रेष्ठलाइ पराजित गरेका सिलवालले यस पटक नेपाली काँग्रेसका सुदीप गौलीलाइ पराजित गरेका हुन् । सिलवालको ६ सय ७८ मत आउँदा गौलीको ६ सय २ मत मात्रै आएको छ । 
२०७४ को निर्वाचनमा  निकटतम प्रतिस्पर्धी नेकपा एमालेको इश्वरको ५ सय २ मत आएको थियो भने सिलवालले ७ सय ८१ मत ल्याएर विजयी भएका थिए ।

१९ षडानन्द खनाल
गल्छी गाउँपालिका वडा नं २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित बिजयी भएका छन् । खनाल निवर्तमान वडा अध्यक्ष हुन् । खनालले वडा अध्यक्षमा १ हजार ४७ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्धन्दी गठबन्धनको तर्फ बाट एकीकृत समाजबादीका रमेश मगरले १ हजार ३१ मत ल्याएका छन् ।

उनले २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका हरि प्रसाद खतिवडालाइ फराकिलो मतअन्तरले हराएर निर्वाचित भएका थिए । ०७४ मा पराजित भएका हरिप्रसादको जम्मा ५ सय ९९ मत मात्रै आएको थियो भने खनालले ११ सय ९९ मत ल्याएर विजयी भएका थिए ।

२० सुरेन्द्र चेपाङ
गजुरी गाउँपालिका वडा नम्वर ४ मा नेपाली काँग्रेसका सुरेन्द्र चेपाङ प्रतिस्पर्धी भन्दा ९ गुणा बढी मतअन्तरले विजयी भएका छन् । उनी २०७४ को निर्वाचनमा पनि काँग्रेसबाटै वडा अध्यक्ष पदमा विजयी भएका थिए ।
चेपाङले ८ सय ९४  मत ल्याउदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका जनक बहादुर तामाङले १ सय २ मत मात्रै पाए ।

२०७४ मा पनि एमालेलाइ नै हराएर २० मतले विजयी भएका सुरेन्द्रले यसपटक गठबन्धनको बलमा मतान्तरमा छलाङ हानेका छन् । ०७४ मा सुरेन्द्रले २ सय ५९ मत ल्याएर विजयी बन्दा नेकपा एमालेका बगर बहादुर तामाङले २ सय ३९ मत ल्याएका थिए ।

२१ तिल बहादुर गुरुङ
नेत्रावती गाउँपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेद्वार तिल बहादुर गुरुङ दोहोरिएका छन् । उनले नेकपा माओवादी केन्द्रका राज कुमार श्रेष्ठलाइ १ सय ५० मत अन्तरले हराए ।
तिल बहादुरले ५ सय ८४ मत पाउँदा राजकुमारले ४ सय ३४ मत पाए । २०७४ मा एमालेका तिल बहादुरले ३ सय ८२ मत ल्याएर माओवादीका राजकुमार श्रेष्ठलाइ नै पराजित गरेका थिए । त्यो बेला राजकुमारको ३ सय ३२ मत आएको थियो ।

२२ देव बहादुर पुलामी
सिद्धलेक गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका देव बहादुर पुलामी दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । गठबन्धनको साझा उम्मेद्वार नेपाली काँग्रेसका लाल बहादुर मगरलाइ २ स ७२ मत अन्तरले पराजित गर्दै पुलामी विजयी बनेका हुन् । पुलामीले १ हजार ६५ मत ल्याएर विजयी हुँदा लालबहादुरले ७ सय ९३ मत मात्रै पाए ।

२०७४ को निर्वाचनमा पनि पुलामीले काँग्रेसका लालबहादुरलाइ नै पराजित गरेका थिए । त्यो बेला देव बहादुरले ६ सय ७५ मत ल्याएर विजयी हुँदा लालबहादुरले ६ सय ३१ मत पाएका थिए ।

२३ गोकुल प्रसाद लामिछाने
थाक्रे गाउँपालिका वडा नं १० मा नेकपा एमालेका गोकुल प्रसाद लामिछाने विजयी भएका छन् । एमालेबाट फुटेर बनेको नेकपा एसका उम्मेद्वार रामेश्वर सुवेदीलाइ २ सय ६३ मत अन्तरले पराजित गर्दै लामिछाने दोस्रो पटक वडा अध्यक्षमा विजयी भएका हुन् ।

लामिछानेले ९ सय ३३ मत पाउँदा सुवेदीले ६ सय ७० मत पाए । यो वडामा काँग्रेस र माओवादीले नेकपा एसलाइ नै समर्थन गरेर उम्मेद्वारी नै नदिएपनि सुवेदीको पराजय टार्न सकेनन् । लामिछाने २०७४ को निर्वाचनमा पनि विजयी भएका वडा अध्यक्ष हुन् । त्यो बेला उनले १ हजार ५६ मत ल्याएर विजयी हुँदा नेकपा माओवादीका राम प्रसाद पुडासैनीले ६ सय १८ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
14 %
 Like
0 %
Laugh
43 %
Sad
43 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल