धादिङ स्पेशल / गल्छी / गजुरी / गंगाजमुना / राजनिति / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / गल्छी / गजुरी / गंगाजमुना / राजनिति / स्थानीय निर्वाचन २०७९

२०७४ मा वडा अध्यक्षमा हारेका धादिङका यी नेताहरु अहिले पालिकाको नेतृत्वमा पुगे*

Mahotsap
२०७४ मा वडा अध्यक्षमा हारेका धादिङका यी नेताहरु अहिले पालिकाको नेतृत्वमा पुगे*

*अपडेट गरिएकाे

धादिङ:  स्थानीय तहको निर्वाचन २०७९ को पहिलो चरण पुरा भएको छ । धादिङ जिल्ला भरको सवै गाउँपालिका र वडाहरुको नतिजा आइसकेको छ ।

प्राप्त परिणाम अनुसार ७ वटा गाउँपालिका र ३८ वटा वडा जित्दै नेपाली काँग्रेस पहिलो बनेको छ भने २०७४ मा पहिलो भएको एमाले तेस्रोमा पुगेको छ । नेकपा माओवादी केन्द्र १ स्थान सुधार गर्दै दोस्रोमा उक्लिएको छ । जननिर्वाचित प्रतिनिधिहरुको सपथ ग्रहण लगत्तै अव दोस्रो चरणमा कार्यपालिका सदस्यहरुको निर्वाचन प्रक्रिया सुरु हुने छ ।

यस वर्ष कतिपय उम्मेद्वारहरु विगतको स्थानीय तहको निर्वाचनमा पराजित भएपनि यसपटकको निर्वाचनबाट पालिकाकै नेतृत्वमा पुग्ने अवसर पाएका छन् ।

२०७४ को निर्वाचनमा वडामा पराजित भएपनि २०७९ मा पालिकाको नेतृत्व गर्ने अवसर पाएका भाग्यमानी ब्यक्तिहरुमा सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्मा, गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा छन् ।

परशुराम खतिवडा २०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धलेक गाउँपालिका वडा नं ७ बाट वडाअध्यक्षका प्रत्यासी रहेका थिए । तत्कालिन निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार लक्ष्मण खतिवडासंग १ सय ५९ मतले पराजित भएका परशुराम २०७९ मा गठबन्धनबाट साझा उम्मेद्वार बन्दै ७ हजार ९ सय ५६ मत ल्याएर  पालिकाकै नेतृत्व गर्न पुगेका छन् ।

२०७४ मा ७ नम्वर वडामा उनले ७ सय ३८ मत पाएर पराजित भएका थिए भने विजयी हुने लक्ष्मणले ८ सय ९७ मत ल्याएका थिए । लक्ष्मण भने यस वर्ष वडामै दोहो¥याउने प्रयास गर्दा पराजित हुने पुगे ।

त्यसै गरि नीलकण्ठ नगरपालिकाको उपमेयरमा निर्वाचित दीपक विश्वकर्मा पनि २०७४ सालको निर्वाचनमा माओवादीबाट ७ नम्वर वडाको अध्यक्षका प्रत्यासी थिए । त्यतिबेला अहिले पनि दोहो¥याएर निर्वाचित भएका गौतमहरी अधिकारीसंग ३८ मतले पराजित भएका थिए । अधिकारीले ६ सय ४८ मत ल्याउदा विश्वकर्माले ६१० मत ल्याएका थिए ।

हाल गठबन्धनको साझा उम्मेद्वारको रुपमा उपमेयर चुनाव लडेका विश्वकर्मा ९ हजार ६ सय ९३ मत ल्याएर विजयी भएका हुन् । 

त्यस्तै गल्छी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष नेपाली काँग्रेसका भाइकाजी तिवारी पनि २०७४ मा वडा नं १ मा वडा अध्यक्षमा पराजित भएका ब्यक्ति हुन् ।

Between Description 4

तत्कालिन निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार पुर्णप्रसाद खतिवडासंग १ सय ४९ मतले पराजित भएका तिवारी यसपटक गठबन्धनको सहयोगमा पालिकाको उपाध्यक्षमा निर्वाचित हुन सफल भएका हुन् । तिवारी उपाध्यक्षमा ७ हजार ४ सय ९४ मत ल्याएर पालिकाको नेतृत्व तहमा पुगेका छन् ।

त्यसैगरि गंगाजमुना गाउँपालिकाको नवनिर्वाचित उपाध्यक्ष रामेश्वर सिंखडा पनि २०७४ मा नेकपा माओवादी केन्द्रबाट ४ नम्वर वडाको प्रत्यासी रहेका थिए । २०७४ निर्वाचनमा सिंखडा तेस्रो हुँदा नेपाली काँग्रेसका हरिमान श्रेष्ठ विजयी भएका थिए ।

२०७९ मा भने हरिमान श्रेष्ठ वडामा दोहिरिने प्रयास गर्दा २ मतले हार्न पुगेका छन् भने २०७४ मा तेस्रो भएका रामेश्वर सिंखडा गठबन्धनको सहयोगमा उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
100 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल