Weather : 8.36° Celsius Kathmandu
धादिङ : नीलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्षका प्रत्यासीहरु दुइ जनाको बराबरी मत आएपछि गोला प्रथा गरिएको छ ।
गोला प्रथामा नेपाली काँग्रेसका उम्मेद्वार भुपेनद्र भाग्यमानी बनेका छन् । विहीवार ६ नम्वर वडाको मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेद्वार भुपेन्द्र श्रेष्ठ र नेकपा माओवादी केन्द्रका उम्मेद्वार लक्ष्मण रम्तेल दुवैजनाको बराबर ७ सय ३८ मत आएको थियो ।
वडा अध्यक्षमा बराबर भएपनि ४ वटा वडा सदस्यहरुमा नेपाली काँग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।
नामको बर्णानुक्रम अनुसार पहिले भुपेन्द्रले गोला थुत्दा विजयी भएको बताइएको छ ।
यो वडामा २०७४ सालमा नेकपा एमालेका उद्धव रिजाल विजयी भएका थिए । यस पटक एमाले तेस्रो स्थानमा पुगेकाे छ ।
अर्को रोचक कुरा त के छ भने गत बैशाख २८ गते राती नेपाली काँग्रेसका उम्मेद्वारहरुलाइ आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार लक्ष्मण रम्तेल प्रहरी हिसासतमा छन् भने उक्त घटनामा गम्भीर घाइते भएका काँग्रेसका उम्मेद्वार भुपेन्द्र श्रेष्ठ भने टाउकोको अपेशन गरेर काठमाण्डौ अस्पतालमा उपचाररत रहेका छन् ।
गोला झिक्नको लागि रम्तेललाइ प्रहरी हिरासतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको थियो भने भुपेन्द्रको तर्फबाट काँग्रेस धादिङका पार्टी सभापति रोहवर बसेका थिए ।
२८ गतेको झगडाले माओवादीलाइ नराम्रो संग झड्का दिएको छ । आक्रमणमा संलग्न भएको आरोपमा ४ जना माओवादी कार्यकर्ताहरु प्रहरी हिसासतमा पुगेपछि उनीहरुले मतदान गर्न पाएका थिएनन् । ४ जनाले मतदान गर्न नपाउनु नै माओवादीलाइ अभिसाप बन्न पुगेको थियो ।
गम्भीर घाइते अवस्थामा नै भुपेन्द्र एम्वुलेन्स चढेर मत हाल्न आएका थिए भने लक्ष्मणलाइ भोट हालेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।