धादिङ स्पेशल / नीलकण्ठ / राजनिति / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति / स्थानीय निर्वाचन २०७९

नीलकण्ठ ६ मा गोला प्रथा हुन सकेन, गोला थुत्न लगिएका माओवादीको उम्मेद्वार बेहोस भएपछि उपचार हुँदै

नीलकण्ठ ६ मा गोला प्रथा हुन सकेन, गोला थुत्न लगिएका माओवादीको उम्मेद्वार बेहोस भएपछि उपचार हुँदै

धादिङ: नीलकण्ठ नगरपालिकाको सवै वडाको मतपरिणाम आइसकेको छ । वडा अध्यक्षमा प्रत्यासीहरुको बराबर मत आएपछि विजेता घोषणा हुन नसकेको ६ नम्वर वडाको गोला प्रथा गर्ने बेलामा फेरी अर्को घटना भएको छ ।

गोला झिक्नको लागि प्रहरी हिरासतमा रहेको नेकपा माओवादी केन्द्रका उम्मेद्वार बेहोस भएर ढलेपछि उपचारको लागि जिल्ला अस्पताल लगिएको छ । उनलको उपचार भइरहेको र सुधार आएपछि गोला प्रथा गरिने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । 

३ दिनदेखि प्रहरी हिरासतमा रहेको रम्तेल प्रेसर लो भएर ढलेको बताइएको छ । वडा नं ६ का वडा अध्यक्षका प्रत्यासीहरु दुइ जनाको बराबरी मत आएपछि गोला प्रथा गर्न लागिएको थियो । 

विहीवार ६ नम्वर वडाको मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेद्वार भुपेन्द्र श्रेष्ठ र नेकपा माओवादी केन्द्रका उम्मेद्वार लक्ष्मण रम्तेल दुवैजनाको बराबर ७ सय ५८ मत आएको थियो । वडा अध्यक्षमा बराबर भएपनि ४ वटा वडा सदस्यहरुमा नेपाली काँग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् । 

गत बैशाख २८ गते राती नेपाली काँग्रेसका उम्मेद्वारहरुलाइ आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार लक्ष्मण रम्तेल सहित अन्य ४ जना माओवादी कार्यकर्ता प्रहरी हिसासतमा छन् ।

उक्त घटनामा गम्भीर घाइते भएका काँग्रेसका उम्मेद्वार भुपेन्द्र श्रेष्ठ भने टाउकोको अपेशन गरेर काठमाण्डौ अस्पतालमा उपचाररत रहेका छन् । 

काग्रेसको उम्मेद्वारको तर्फबाट भने मेयरका प्रत्यासी भीम प्रसाद ढुङगानाले गोला झिक्न लागेका थिए ।

आक्रमणमा संलग्न भएको आरोपमा ४ जना माओवादी कार्यकर्ताहरु प्रहरी हिसासतमा पुगेपछि उनीहरुले मतदान गर्न पाएका थिएनन् । ४ जनाले मतदान गर्न नपाउनु नै माओवादीलाइ अभिसाप बन्न पुगेको थियो ।

गम्भीर घाइते अवस्थामा नै भुपेन्द्र एम्वुलेन्स चढेर मत हाल्न आएका थिए भने लक्ष्मणलाइ भोट हालेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो वडामा २०७४ सालमा नेकपा एमालेका उद्धव रिजाल विजयी भएका थिए । यस पटक एमाले तेस्रो स्थानमा पुगेकाले माओवादी र एमाले मिलेर नेकपा माओवादीका उम्मेद्वारलाइ जिताउन अभियान नै चलाएको प्रष्ट देखिएको काँग्रेसका एक नेताले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
11 %
WOW
0 %
 Like
13 %
Laugh
42 %
Sad
21 %
Angry
13 %
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल