धादिङ स्पेशल / नीलकण्ठ / राजनिति / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति / स्थानीय निर्वाचन २०७९

नीलकण्ठका मेयर ढुङ्गानाकाे वडामा काँग्रेसकाे लज्जास्पद हार, स्वतन्त्रको प्यानलनै विजयी

Nikantha Na Pa
नीलकण्ठका मेयर ढुङ्गानाकाे वडामा काँग्रेसकाे लज्जास्पद हार, स्वतन्त्रको प्यानलनै विजयी

धादिङः नीलकण्ठ नगरपालिका वडा नं ८ मा स्वतन्त्र उम्मेद्वारको प्यानल नै विजयी भएको छ ।

नेपाली काँग्रेस धादिङका प्रभावशाली नेता एवं नीलकण्ठ नगरपालिकाको निवर्तमान मेयर भीम प्रसाद ढुङ्गानाकै वडामा रुख चिन्हले लज्जास्पद हार बेहोरेको हो । ढुङ्गाना अहिले पनि काँग्रेसबाट मेयरका प्रत्यासी रहेका छन् ।  

यद्यपि वडाको मतगणनाकाे नजिता हेर्दा वडा अध्यक्षमा मेयर ढुङ्गानाको समर्थन स्वतन्त्र उम्मेद्वारलाइ नै रहेको प्रष्ट देखिएको छ ।

स्वतन्त्र उम्मेद्वारले पाएको मत भन्दा २ सय १६ बढी मत मेयरमा ढुङ्गानाले पाएका छन् । प्रकाशले ११ सय ५३ ल्याउदा मेयरमा ढुङ्गानाले १३ सय ३९ मत पाएका छन् । यो वडामा २२ सय ८८ मत खसेको थियो ।

स्वतन्त्र उम्मेद्वारको रुपमा यस अघि नेपाली काँग्रेसबाटै वडा सदस्य जितेका प्रकाशकुमार श्रेष्ठ वडा अध्यक्षका प्रत्यासी रहेका थिए । नेपाली काँग्रेसले पनि यस अघि वडा सदस्य नै रहेका रमेश कोइरालालाइ टिकट दिएको थियो ।

प्राप्त मत परिणाम अनुसार  भुईकटहर चुनाव चिन्ह पाएका श्रेष्ठले ११ सय ५३ मत पाउँदा नेपाली कांग्रेसका आधिकारिक उम्मेद्वार रमेश कोइरालाले ३ सय ६३ मत प्राप्त गरेका छन् ।

Between Description 4

नेकपा एमालेका उम्मेद्वार जीत बहादुर कुमालले ४ सय २ मत पाउदा माओवादी केन्द्रका बद्री सुवेदीले १ सय मत प्राप्त गरे । वडा सदस्यहरुमा वडा सदस्यहरुमा स्वतन्त्रबाट दुर्गा अधिकारीले ११ सय १८ मत, विमला बराइलीले ११ सय ४० मत, उमेश मगरले १ हजार ८५ मत र छविप्रसाद काप्री १ हजार १८ मत प्राप्त गरेका छन् ।

यस वडामा सधै एमालेलाइ दोब्बर भन्दा बढी मत अन्तरले पराजित गर्ने काँग्रेसले यस पटक एमालेलाइ पनि उछिन्न सकेन ।

पार्टी भित्रको आन्तरिक गुट र असतुष्टीका कारण नेपाली काँग्रेस ८ नम्वर वडाबाट पत्तासाफ भएको छ । यसले बर्तमान मेयरका प्रत्यासी समेत रहेका भीम प्रसाद ढुङ्गानालाइ र नेपाली काँग्रेसको नेतृत्वलाइ नैतिक रुपमा कमजोर बनाएको छ ।

नेपाली काँग्रेसको गढको रुपमा परिचित नीलकण्ठ नगरपालिका वडा नं ८ मा अर्को रोचक कुरा के छ भने वडाको सवै पदमा पार्टी भित्रको आन्तरिक विवादका कारण काँग्रेसले उम्मेद्वारी नै दिन सकेको थिएन । काँग्रेस पार्टीको तर्फबाट वडा अध्यक्षमा मात्रै उम्मेद्वारी दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
100 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल