धादिङ स्पेशल / गजुरी / राजनिति / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी / राजनिति / स्थानीय निर्वाचन २०७९

गजुरी गाउँपालिका : ०७४ मा हारेका गणेशलाल गठबन्धनको बलमा विजयी, उपाध्यक्षमा विशुराल

Nikantha Na Pa
गजुरी गाउँपालिका : ०७४ मा हारेका गणेशलाल गठबन्धनको बलमा विजयी, उपाध्यक्षमा विशुराल

धादिङः गजुरी गाउँपालिकामा सत्ता गठबन्धनका साझा उम्मेद्वारहरुले जीत हासिल गरेका छन् ।

गठबन्धनको साझा उम्मेद्वारको रुपमा नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतलाइ २२ सय ५७ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा पनि गठबन्धनकतर्फकै नेपाली काँग्रेसका उम्मेद्वार शर्मिला विशुरालले नेकपा एमालेकी भगवती खतिवडालाइ २१ सय ७ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

गणेशलालको ६ हजार ३ सय ८ मत आउँदा एमालेका बस्नेतको ४ हजार ५१ मत आएको थियो । त्यस्तै उपाध्यक्षमा विशुरालले ५ हजार ६ सय ९९ मत पाएकी थिइन् भने खतिवडाले ३ हजार ५ सय ९२ मत मात्रै पाएकी थिइन । 

२०७४ को स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै लडेका दलहरु यसपाली नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गरे प्रतिस्पर्धा गरेका थिए ।

Between Description 4

२०७४ मा नेकपा एमालेको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा राजेन्द्र विक्रम बस्नेत र उपाध्यक्षमा सीता ढुङ्गाना विजयी भएका थिए । एमालेको विभाजनमा उपाध्यक्ष ढुङ्गानाले नेकपा एस रोजेपछि गजुरीमा एमाले कमजोर बनेको थियो ।

२०७४ मा नेकपा एमालेले अध्यक्षमा ४ हजार ३ सय ३६ मत ल्याएको थियो भने उपाध्यक्षमा ४ हजार २ सय १४ मत ल्याएको थियो ।

गजुरीमा विजयी भएका वडा अध्यक्षहरु 
गजुरी १ मा तारा भण्डारी (नेकपा माओवादी केन्द्र)
गजुरी  २  मा  द्रोण कडेल (नेपाली काँग्रेस)
गजुरी ३ ऋषिलाल श्रेष्ठ (नेपाली काँग्रेस) 
गजुरी ४ सुरेन्द्र चेपाङ (नेपाली काँग्रेस)
गजुरी ५ मा गोबिन्द लामिछाने (नेकपा माओवादी केन्द्र)
गजुरी ६ भक्त ब तामाङ, (नेकपा माओवादी केन्द्र)
गजुरी ७ मा बद्री जम्कट्टेल, (नेकपा माओवादी केन्द्र)
गजुरी ८ देवराज ओझा, (नेकपा माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
33 %
Laugh
67 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल