Weather : 17.12° Celsius Kathmandu
धादिङ : नेत्रावती डावजोङ गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका ठाकुर गुरुङ विजयी भएका छन् । काँग्रेसको पालिका अध्यक्ष समेत रहेका गुरुङ २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका प्रत्यासी रहेका थिए । गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी संघ/प्रदेशको निर्वाचनमा काँग्रेस प्रवेश गरेका थिए ।
गुरुङ नेकपा माओवादी केन्द्रका वडाअध्यक्षका प्रत्यासी चन्द्र बहादुर पल्लीमगरलाइ १ सय ६२ मतअन्तरले हराउदै वियजी भएका हुन् । गुरुङले ६ सय ३ मत ल्याउदा चन्द्र बहादुरले ४ सय ११ मत मात्रै ल्याए । चन्द्र बहादुर निवर्तमान वडा अध्यक्ष हुन् । उनले २०७४ मा नेकपा माओवादीबाट ३ सय ७६ मत ल्याएर विजयी भएका थिए ।
यस वडाबाट पालिका अध्यक्ष तर्फ नेकपा माओवादी केन्द्रकी उर्मिला तामाङले ४ सय ७६, नेपाली काँग्रेसका मेघनाथ रिजालले ३ सय ८४ मत पाएका छन् भने नेकपा एमालेका सुवर्ण रिमालले ९६ मत मात्रै पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेस की सितामाया चोदेनले ४ सय ४५, नेकपा माओवादी केन्द्रका गणेश कुमार श्रेष्ठले ४ सय १९ मत र नेकपा एमालेकी विना कुमारी मम्वाले ११० मत पाएकी छिन् ।