Weather : 14.12° Celsius Kathmandu
धादिङः बेनिघाट रोराङ गाउँपालिका वडा नं २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट हेमराज भुजेल विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेद्वार विष्णु बहादुर थापालाइ १ सय ६५ मतले पछि पार्दै वियजी भएका हुन् । भुजेलले १ हजार ३२ मत ल्याउदा थापाले ८ सय ६७ मत ल्याएका थिए ।
भुजेल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रबाट उठेर पराजित भएका थिए । २०७४ मा ६ सय ९८ मत ल्याएका भुजेललाइ यस पटक भने नेपाली काँग्रेस र नेकपा एसको साथ रहेको थियो ।
त्यस्तै वडा सदस्यहरुमा दलित महिला सदस्य र महिला सदस्यमा माओवादीबाटै विजयी भएका छन् भने खुल्ला तर्फ नेकपा एमालेबाट दुइ जना निर्वाचित भएका छन् ।