Weather : 13.12° Celsius Kathmandu
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका गणेश बहादुर गुरुङ विजयी भएका छन् ।
निवर्तमान वडा अध्यक्ष समेत रहेका गुरुङले ६ सय ५५ मत ल्याउदा एमालेका मान बहादुर गुरुङले ४ सय ६५ मत र नेपाली काँग्रेसका भुपाल गुरुङले ९० मत मात्रै पाएका छन् ।
गणेश बहादुर २०७४ को स्थानीय तहको चुनावमा पनि माओवादीबाट वडा अध्यक्षमा ४४९ मत पाएर विजयी भएका थिए । काँग्रेसबाट उठेका भुपाल गुरुङले २०७४ २ सय ३१ मत ल्याएको भएपनि यसपटक भने सय कटाउन सकेनन् ।
नीलकण्ठ १ बाट पालिका अध्यक्ष तर्फ नेपाली काँग्रेसका भीम प्रसाद ढुङ्गानाले ४२६ मत, नेकपा एमालेकी गंगादेवी श्रेष्ठले ३३८ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फबाट नेकप माओवादी केन्द्रका दीपक विश्वकर्माले ५४१ मत र नेकपा एमालेका फन्द्रा तामाङले ३ सय ६२ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र तर्फ उपप्रमुखमा कल्पना अधिकारीले १ सय ९० मत प्राप्त गरेकी छिन् ।