Weather : 16.12° Celsius Kathmandu
धादिङ : धादिङको गल्छि गाउँपालिकामा वडा नं १ मा नेकपा एमालेका वडाअध्यक्ष उम्मेदवार यदुकुमार खतिवडा १ हजार १ सय ३५ मत ल्याउदै विजयी भएका छन् । उनका निकटतम प्रतिवन्दी गठबन्धनका उम्मेदवार माधव प्रसाद खतिवडालाई १ सय ३९ मतको पछि पार्दै विजयी भएका हुन ।
यस वडाबाट पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले १ हजार ३ सय १२ मत पाएका छन् ।
गठबन्धनबाट अध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका कृष्ण हरी श्रेष्ठले ७ सय ९२ मत र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाईकाजी श्रेष्ठले १ हजार १ सय ६ मत पाएका छन् भने एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले ९ सय ९८ मत प्राप्त गरेकी छिन् ।