Weather : 13.12° Celsius Kathmandu
धादिङको बेनिघाट रोेराङ गाउँपालिकामा नेपाली काँग्रेसका जीवन सिं तामाङ विजयीधादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका जीवन सिं तामाङ ५ सय ३४ मत ल्याउदै विजयी भएका छन् । उनका निकटतम प्रतिवन्दी नेकपा माओवादी केन्द्रका मिलन कुमार लामालाइ २९ मतले पछि पादै विजयी भएका हुन् । मिलनको ५ सय ५ मत मात्रै आएको थियो ।
जीवन २०७४ को स्थानीय तहको निर्वाचनमा पनि काँग्रसबाटै वडा अध्यक्षको प्रत्यासी रहेका थिए । २०७४ मा १६ मतले माओवादीका नन्द्र प्रसाद तामाङसंग पराजित भएका जिवनले यस पटक माओवादीकै उम्मेद्वारलाइ २९ मतले हराएर जीत हात पारेका हुन् । यो वडामा नेकपा एमालेका सुरेन्द्र कुमार तामाङको भने ५९ मत मात्रै आएको छ ।