Weather : 16.12° Celsius Kathmandu
धादिङ: स्थानीय तहको सदस्यको लागि शुक्रवार भएको निर्वाचनको मतगणना धादिङका सवै पालिकाहरुमा सुरु भएको छ । विभिन्न पालिकाहरुको निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अधिकाँश पालिकामाा वडा नं १ बाट मतगणना गर्न सुरु गरिएको छ ।
हालसम्मको प्रारम्भिक मतपरिणाम अनुसार गल्छी गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमाले केदारनाथ खतिवडाले ८७६ मत ल्याएका छन् । नेकपा एकिकृत समाजवादीबाट कृष्णहरी श्रेष्ठले ५ सय २३ मत पाएका छन् । त्यस्तै उपाध्यक्ष पदका लागि नेकपा एमालेका राधा तिमिल्सिनाले ६ सय ६६ मत पाएकी छिन् । नेपाली काँग्रेसका भाइकाजी तिवारीले ७ सय २७ मत पाएका छन् ।
त्यस्तै बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षको लागि नेकपा एमालेका देवप्रसाद त्रिपाठीले १२९ मत ल्याउँदा काँग्रेसका देवी प्रसाद सिलवालले १९२ मत पाएका छन् । उनको उम्मेद्वारी निश्क्रिय बनाएर गठबन्धनको तर्फबाट माओवादीका उम्मेद्वार कृष्ण बहादुर थपलियाको भने जम्मा १ सय ४७ मत आएको छ ।
त्यस्तै उपाध्यमा नेकपा एमालेकी हिरादेवी रेग्मीले ११४, नेपाली काँग्रेसकी शुसिला मगरले १५५ र नेकपा एस का टाप बहादुर श्रेष्ठले जम्मा २६ मत पाएका छन् ।
उता रुवीभ्याली गाउँपालिकाको वडा नम्वर १ मा २०० मत गणना हुँदा अध्यक्ष पदमा माओवादीका रामसिंह तामाङको ७७, राप्रपाका गुम्वा तामाङको ९७ मत आएको छ भने नेकपा एमाले बीच्च बहादुर तामाङको ३ मत आएको छ । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका फे लामा तामाङको ८४ मत आउँदा राप्रपाकी धन कुमारी तामाङको ६२ मत आएको छ ।