धादिङ स्पेशल / राजनिति / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / राजनिति / स्थानीय निर्वाचन २०७९

धादिङमा स्थानीय तहको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न 

मध्यरातीदेखि मतगणना सुरु गरिने

Mahotsap
धादिङमा स्थानीय तहको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न 

धादिङ: धादिङ का सवै मतदान स्थलमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

केही मतदान केन्द्रमा सामान्य विवाद र धकेलाधकेल भएको भएपनि तत्कालै स्थानीय नेताहरुको समन्वयमा उत्पन्न विवाद समाधान गरेर मतदान सम्पन्न गराइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मौन अवधिमा केही अप्रीय झडप र घाइतेका खवरहरु आएपनि मतदानको दिन कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । मौन अवधिमा झडप भएका वडाहरुमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

धादिङमा १ सय ९ मतदान स्थलका ३०३ वटै मतदान केन्द्रमा छिटपुट सामान्य घटना बाहेक शान्तिपुर्ण रुपमा मतदान कार्य सम्पन्न गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालले जानकारी दिए । 

टेलिपत्रसंग कुरा गर्दै लंसालले भने, ‘केही मतदान स्थलमा तोकिएको समय भन्दा अलि ढिलो गरि मतदात सुरु भएको थियो, केही ठाउँमा सामान्य विवाद भएको थियो, सवै ठाउँका समस्या समाधान गरेर मतदान सम्पन्न गरि मतपेटिक पालिकाहरुमा ल्याउन थालिएको छ ।

Between Description 4

यतिबेला गाउँ गाउँबाट पालिकाको केन्द्र स्थित मतगणना स्थलमा मतपेटिका ओसार्ने कामहरु भइरहेको छ । नीलकण्ठ नगरपालिकामा ४,६,७,८,९,१२,१३ को मतपेटिका सदरमुकामा आइपुगिसकेको छ ।

धादिङका केही पालिकाहरुमा मध्यरातबाट नै मतगणना गरिने जानकारी प्राप्त भएको छ । निर्वाचनमा कुल ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
33 %
WOW
0 %
 Like
0 %
Laugh
33 %
Sad
33 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल