धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / अपराध
Pageutter

माओवादी कार्यकर्ताको आक्रमणमा काँग्रेसका वडा अध्यक्ष उम्मेद्वार सहित २० घाइते

माओवादी केन्द्रलाई राजनीतिक तथा मानवीय चरित्र प्रदर्शन गर्न धादिङ काँग्रेसको आग्रह

Nikantha Na Pa
माओवादी कार्यकर्ताको आक्रमणमा काँग्रेसका वडा अध्यक्ष उम्मेद्वार सहित २० घाइते

धादिङ : धादिङको सुनौलाबजारमा माओवादी केन्द्रका कार्यकर्ताहरुले लाठी खुकुरी रड सहित आक्रमण गर्दा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार सहित २० जना कार्यकर्ता घाइते भएका छन् ।

नीलकण्ठ नगरपालिका–६ भोर्ले देउराली छापमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप भएकाे हाे ।

झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उन टाउको, दाहिने आँखा, दाँत लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । यस्तै झडपमा अन्य २० बढी घाइते भएको प्रहरीको भनाइ छ ।

झडपमा परी घाइते हुनेहरुमा तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भुपेन्द्र श्रेष्ठ, रामहरी मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाली, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका छन् । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ ।

 

Sahid Memorial
Pageutter
Pageutter

चुनावी प्रचारमा लागेका दुई पार्टीका कार्यकर्ताबीच जम्काभेट हुँदा झडप भएको स्थानीयले बताएका छन् ।

Between Description 4

आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर उद्धार गर्न जादा उनीहरुले पुनः आक्रमण गरेको नेपाली कांग्रेसले बताएकाे छ । माओवादी केन्द्रले भने आफ्ना कार्यकर्तामाथी हातपात भएछि प्रतिकारमा गर्दा घटना भएको बताएको छ । 

घटनामा गम्भीर घाइते भएकाहरुलाइ जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ पठाइएको छ ।

झडपमा उत्रेका नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले भने तालमेल गरेर नीलकण्ठ नगरपालिकामा चुनावमा उत्रेका छन् तर कार्यकर्ताहरु भने काटाकाटमा उत्रिएका छन् ।नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई लिएका थिए ।

पालिका तहसम्म मिलेर चुनाव लडेको भएपनि वडा तहमा भने गठबन्धन दलहरुले आ आफ्नै उम्मेद्वार उठाएका छन् ।

अपडेट:

यसैविच एक विज्ञप्ती जारी गदै घटनामा सलग्नहरुलाइ नेपाली काँग्रेस धादिङले कारवाहीको माग गरेको छ । 

नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीद्धारा हस्ताक्षति विज्ञप्तीमा मतदान प्रारम्भ हुन साँढे एक दिन बाँकी रहेको अवधिमा माओवादी केन्द्रका कार्यकर्ताले नेपाली कांग्रेसका साथीहरूमाथि गरेको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

बुधबार राति उक्त वडाको भोर्लेमा काँग्रेस कार्यकतालाइ नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले हातपात गरेको भन्ने खबर पाएपछि स्थितिलाई सहजीकरण गर्न सो टोलमा पुगेर फर्किने क्रममा देउरालीछापमा राति ११ बजे माओवादी केन्द्रका कार्यकर्ताहरूले बाटो छेकी अन्धाधुन्ध ढुंगा, लाठीले आक्रमण गरेको काँग्रेसले विज्ञप्तीमा जनाएको छ । 

विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेस धादिङ उक्त अराजनीतिक र अमानवीय घटनाको घोर निन्दा एवम् भत्र्सना गर्दछ र घटनामा संलग्न हुनेहरूलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनसँग जोडदार आग्रह गर्दछ ।’

साथै नेकपा माओवादी केन्द्र लाई यस्ता घटना नदोहोर्‍याउन र राजनीतिक दलका रूपमा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा मर्यादित बनाउने जिम्मेवारी नभुल्न सचेत गराउँदै राजनीतिक तथा मानवीय चरित्र प्रदर्शन गर्न विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

यस्ता घटनाहरुबाट विचलित नभइ मतदानमा सक्रिय रुपमा सहभागी हुन सम्पुर्ण मतदातालाइ काँग्रेसले आग्रह पनि गरेको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3