धादिङ स्पेशल / ज्वालामुखी / नेत्रावती

गृहपृष्ठ धादिङ स्पेशल / ज्वालामुखी / नेत्रावती

धादिङको ज्वालामुखी र नेत्रावती गाउँपालिकामा जनसंख्या भन्दा मतदाता धेरै

Mahotsap
धादिङको ज्वालामुखी र नेत्रावती गाउँपालिकामा जनसंख्या भन्दा मतदाता धेरै

धादिङ: धादिङको २ वटा गाउँपालिकामा जनसंख्या भन्दा मतदाता धेरै देखिएका छन् । संघिय निर्वाचन क्षेत्र नं २ मा पर्ने ज्वालामुखी गाउँपालिका र नेत्रावती डावजोङ गाउँपालिकामा जनसंख्या भन्दा मतदाताको संख्या धेरै देखिएको हो ।

जनगणनामा लापरवाही भएको र जनगणनाको प्रारम्भिक नतिजालाइ लिएर आशंका र असन्तुष्टि सुनिइरहेका बेला सार्वजनिक भएको मतदाता नामवलीले जनगणनाको विश्वसनियता माथी झनै शंका थपिदिएको छ ।

जिल्ला निर्वाचन कार्यालय र तथ्यांक कार्यालयकाे तथ्यांक विश्लेषण गर्दा ज्वालामुखी र नेत्रावती गाउँपालिकाको मतदाता पालिकाभरिकै जनसंख्या भन्दा पनि धेरै देखिएको हो ।

निर्वाचन कार्यालयले गत १८ गते सार्वजनिक गरेको मतदाता नामावली अनुसार ज्वालामुखी गाउँपालिकाको ७ वटा वडाको मतदाता संख्या २१ हजार ९ सय ३० रहेको छ । तर केही महिना अघि तथ्याङ्क विभागले सार्वजनिक गरेको ज्वालामुखी गाउँपालिकाको जनसंख्या भने २१ हजार २ सय २ मात्रै रहेको छ । 

 

जनगणनामा सवै उमेर समुहको गणना हुन्छ तर मतदाता नामावलीमा १८ वर्ष उमेर पुगेकाहरुको मात्रै गणना हुने भएपनि जनसंख्या भन्दा ७ सय २८ जना बढी मतदाता देखिएको हो ।

Between Description 4

त्यस्तै नेत्रावती डावजोङ गाउँपालिकाका ५ वटा वडामा जम्मा मतदाता ११ हजार ८ सय ९९ छ तर जनसंख्या भने ११ हजार २ सय ७१ मात्रै रहेको छ । यहाँ पनि जनसंख्या भन्दा मतदाता ६ सय २८ ले बढी देखिएको छ । 

जनगणनामा भर्खर जन्मेको बच्चाको समेत गणना गरिन्छ भने मतदाता सूचीमा १८ वर्ष उमेर पुगेपछि मात्रै गणना हुन्छ । धादिङका यी दुइ पालिकाको मतदाता संख्या र जनसंख्याको तुलनामा गर्दा जनगणनामा तथ्याङ्क विभागको कमजोरी कि, मतदाता नामावलीको निर्वाचनको आयोगको कमजोरी हो ? भन्ने प्रश्न उठेको छ ।

मतदाता नामावली धेरै बर्षअघिदेखि अद्यावधिक नगरिएको तर जनगणना पछिल्लो अद्यावधिक भएकाले मतदाता भन्दा जनसंख्या कम देखिएको हुनसक्ने जानकारहरुको अनुमान छ ।

तरपनि जनगणनामा लापरवाही भएको, बास्तविक तथ्याङ्क नआएको भन्ने जनगुनासो बढीरहेको बेला सार्वजनिक भएको मतदाता नामावलीले जनगणनाको विश्वसनियता माथी झनै प्रश्न खडा भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल