धादिङ स्पेशल / नीलकण्ठ / गल्छी / फिचर

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / गल्छी / फिचर

पुल नवन्दा यसै समस्या, बनेपछि झनै समस्या : ५ मिटर ट्रयाक नखुल्दा १५ करोडको पुल अलपत्र

पुल नवन्दा यसै समस्या, बनेपछि झनै समस्या : ५ मिटर ट्रयाक नखुल्दा १५ करोडको पुल अलपत्र

धादिङ : धादिङको गल्छी गाउँपालिका वडा नं १ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५, केउरेनी जोड्ने पुल निर्माण भइसक्दा पनि पुल संग जोडिने १५ मिटर सडक बन्न नसक्दा पुल नै अलपत्र परेको छ ।

करिव ४ वर्ष ढिला गरी निर्माण सम्पन्न भएको पुल अहिले बाटो नभएकै कारण अलपत्र बन्न पुगेको स्थानीय रमेश ढुङगानाले बताए । २०७१ सालमा ठेक्का सम्झौता भएर २०७४ सालमा बन्नुपर्ने पुल २०७८ सालमा आएर निर्माण सम्पन्न भएको थियो ।

पुन निर्माण सम्पन्न भइसकेर बाटो बनाउने क्रममा स्थानीय बासु खतिवडाले आफ्नो जग्गाबाट बाटो लैजान नदिने अडान राखेपछि बाटो बनाउन नसकिएको हो । खतिवडाले पुल निर्माणको चरणमै आफ्नो जग्गा भएर बाटो जाने थाहा पाएपछि डिभिजन सडक कार्यलय विरुद्ध मुद्धा हालेका थिए । 
तर अन्य स्थानीयहरु भने पुलको डिपिआर भएर सडकको नापनक्साङ्कन भइसकेपछि र पुलको निर्माण कार्य सुरु भएपछि मात्रै खतिवडाले जग्गा किनेर बखेडा झिकेको आरोप लगाउँछन् । खतिवडाले भने आफुले जग्गाको क्षतिपुर्ति पाएपछि मात्रै बाटाे दिने बताएका छन् ।

बाटो बनाएर पुल संचालन गर्न स्थानीय सरकार र जनप्रतिनिधिहरुको उदासिनता प्रति स्थानीयहरु आक्रोशित बनेका छन् । ५ मिटर बाटो नवनेर पुल अलपत्र पर्दा पनि स्थानीय सरकार भनाउदा जनप्रतिनिधिहरु कोही कसैले वास्ता नगरेको रमेशले बताए ।

सडक रोकिएको ठाउँ

बाटो बनाउने प्रयास सडक डिभिजनले आफ्नै प्रयासमा बाटो बनाउन नसकेपछि उसले सहजीकरण गरिदिनको लागि स्थानीय सरकारहरुलाइ पत्र समेत पठाएको छ । डिभिजन सडक कार्यलय भरतपुर मातहतको फिल्ड कार्यलय गजुरीका इन्चार्ज कृष्ण बहादुर खड्काले भने, ‘हामीले पुलकाे लाभान्वीत गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाइ सहजीकरण गरिदिन पत्राचार गरेका छौँ ।’

सामान्य विवादलाइ पनि सल्ट्याउन नसक्दा करौडौको संरचना अलपत्र परको छ भने स्थानीय बासीन्दा समस्या भोग्न बाध्य छन् । पुल संचालन गर्न स्थानीय जनप्रतिनिधि र सरकारको उदासिनताप्रति स्थानीयबासीले शंका गर्न थालेका छन । ‘कतै स्थानीय सरकारले पहुँचवालाको जनप्रनितिधिहरुको ब्यक्तिगत स्वार्थका कारण विवाद बढिरहेको त छैन ?’

ठेकेदार कम्पनीले नुवाकोटतर्फको ३०० मिटर सडक कालोपत्रे गरिसकेको छ । धादिङतर्फ भने पुल जोड्ने बाटो बनाउन नसक्दा पुल अलपत्र बन्न पुगेको हो । ऋण गरेर किनेको जग्गा सवै विनाश गरेर बाटो लैजाने भएपछि न्याय माग्दै डिभिजन सडक कार्यलय भरतपुरलाइ विपक्षी बनाएर बासु खतिवडाले जिल्ला अदालतमा मुद्धा समेत दायर गरेका थिए । सोही मुद्धालाइ देखाएर बाटो बनाउने काममा जनप्रतिनिधिहरुपनि पन्छिएको स्थानीयको बुझाइ छ । 

यता सडक डिजिभन कार्यलयले भने जिल्ला अदालतले जवाफ माग गरेपछि जवाफ पठाइएको र त्यसपछि अदालतबाट कुनैपनि आदेश निर्देशन नआएको इन्जिनियर खड्काले बताए । ‘पुल निर्माणकै चरणमा हामीलाइ अदालतबाट जवाफ माग गरेको थियो । हाम्रो कानुनी शाखाले जवाफ पनि पठाएको हो । बाटा नबनाउन र खतिवडालाइ क्षति हुन नदिनु भनेर अदालतबाट कुनै आदेश निर्देशन सडक डिभिजनलाइ आएकै छैन ।’ खड्काले भने ।

बाटो संचालन गर्न ढिलाइ हुँदा स्थानीयहरु समस्यामा परेका छन् । स्थानीय राम प्रसाद खतिवडाले भने, ‘पहिला पुल नहुँदा यसै समस्या थियो, पुल बनिसक्यो तर समस्या उस्तै छ । बाटो नभएकाले नै विरामीलाइ बोकेर लैजानुपर्ने समस्या जिउका तिउ छ । यस्तो महामारी बेला विरामीलाइ जतिसक्दो उपचार गराउँ भन्ने त सवैलाइ हुन्छ नी, उसो त गाउँमा विरामी बोक्ने युवा पनि छैनन्, इमरजेन्सी विरामीलाइ एक मिनेटको पनि जिवन मरणको सवाल हुन्छ, सरोकार वाला निकायको तत्काल ध्यान जाओस ।’ 

एम्वुलेन्स जाने बाटो नहुँदा विरामी बोक्ने बाध्य स्थानीयहरु

केही ब्यक्तिको सिमिति स्वार्थको कारण यस क्षेत्रका धेरै स्थानीयहरुले समस्या भोग्न बाध्य भएको खतिवडाले बताए । स्थानीय राजकुमार श्रेष्ठले बाटो नबनेका कारण समयमै अस्पताल पुर्याउन नसक्दा बिरामीको ज्यान जाँदा पनि सरोकारवाला पक्ष मौन बसेको भन्दै आक्रोश ब्यक्त गरे ।
१९२ मिटर पुलको निर्माण भएपनि बाटो नबन्दा सञ्चालनमा आउन सकेको छैन भने स्थानीयले सास्ती झेलिरहेका छन् । १५ करोड ११ लाख रुपैयाँमा सपना हिम्डुङ एण्ड थोकर र नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीले यो पुल निर्माण गरेका हुन् ।

त्यसो त पुल निर्माणकै चरणमा पनि विभिन्न समस्या आएका थिए । ठेकेदार कम्पनीको ढिलासुस्तीले निर्माण कार्यलय पटक पटक अलपत्र परेको थियो भने २०७६ चैत्र १२ गते ढलान गर्न ठिक्क पारेको सय मिटर स्लावलाइ फेम हावाहुरीले उडाइदिँदा निर्माण कार्य पर धकेलिएको थियो । यो पुल बनेपछि धादिङको गल्छी फोस्रेटारबाट धादिङबेसी सदरमुकाम जान १० किलोमिटर बाटो छोटिएको छ । साथै नुवाकोटको तारुका जान पनि यो बाटो सहज भएको छ ।

सामान्य विवादलाइ पनि सल्ट्याउन नसक्दा करौडौको संरचना अलपत्र परको छ भने स्थानीय बासीन्दा समस्या भोग्न बाध्य छन् । पुल संचालन गर्न स्थानीय जनप्रतिनिधि र सरकारको उदासिनताप्रति स्थानीयबासीले शंका गर्न थालेका छन । ‘कतै स्थानीय सरकारले पहुँचवालाको जनप्रनितिधिहरुको ब्यक्तिगत स्वार्थका कारण विवाद बढिरहेको त छैन ?’ पुल विवादमा गाउँपालिका अध्यक्ष, जिल्ला समन्वय समिति अध्यक्षको मौनताले गर्दा यो प्रश्न गर्ने ठाउँ प्रशस्त रहेको स्थानीयहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
42 %
WOW
5 %
 Like
37 %
Laugh
11 %
Sad
0 %
Angry
5 %

धादिङ स्पेसल