Weather : 20.12° Celsius Kathmandu
धादिङ : काठमाण्डौबाट बाहिरिदा गल्छी पुगेपछि भेटिन्छ त्रिशुली नदी । त्रिशुलीको देव्रे किनार किनारै बनेको छ पृथ्वी राजमार्ग । विकासको पहिलो सर्त पक्की सडक र पुल नै हो भन्ने कुरा अरुलाइ थाहा होला–नहोला तर त्रिशुली नदी पारीका हरेक गाउँ बस्ती ब्यक्ति ब्यक्तिलाइ थाहा छ कि, विकास र समृद्धि ल्याउने भनेकै सडक र पुल रहेछ ।
वि. सं. २०२७ सालमा पृथ्वी राजमार्ग बन्न सुरु भएदेखि राजमार्गमा दिनहुँ गुडिरहेका गाडीहरुको लस्कर हेरेर आफ्नो गाउँ बस्तीमा पनि उसैगरि सडक बन्ने र पक्की पुलमा ओहोर दोहोर गर्न पाउने मिठो आशा बोकिरहेका त्रिशुलीपारीका स्थानीयहरुको सपना अव भने साकार हुने भएको छ । त्रिशुली नदीको धादिङ खण्डमा (केउरेनीघाट देखि सलाङघाटसम्मको ४० किलोमिटर दुरी) मात्रै यसै वर्षभित्र सम्पन्न हुनेगरि ७ वटा पक्की पुल निर्माणाधिन छन् ।
अघिल्लो वर्ष कोभिडको महामारी नभएको भए यी पुलहरुको निर्माण सकिसकेको हुने थियो । आगामी असार मसान्त भित्र सक्ने गरि त्रिशुली नदीमाथीका ७ वटा पक्की पुलहरुको निर्माण कार्य धमाधम भइरहेको छ । १ अर्व ९ करोड भन्दा बढीको लागतमा नेपाल सरकार पुल आयोजना, सेक्टर नम्वर २ कार्यलय (६ वट) र डिभिजन सडक कार्यलय भरतपुर (१ वटा) मातहत यी पुलहरु बनिरहेका छन् ।
धादिङ : काठमाण्डौबाट बाहिरिदा गल्छी पुगेपछि भेटिन्छ त्रिशुली नदी । त्रिशुलीको देव्रे किनार किनारै बनेको छ पृथ्वी राजमार्ग । विकासको पहिलो सर्त पक्की सडक र पुल नै हो भन्ने कुरा अरुलाइ थाहा होला–नहोला तर त्रिशुली नदी पारीका हरेक गाउँ बस्ती ब्यक्ति ब्यक्तिलाइ थाहा छ कि, विकास र समृद्धि ल्याउने भनेकै सडक र पुल रहेछ ।
वि. सं. २०२७ सालमा पृथ्वी राजमार्ग बन्न सुरु भएदेखि राजमार्गमा दिनहुँ गुडिरहेका गाडीहरुको लस्कर हेरेर आफ्नो गाउँ बस्तीमा पनि उसैगरि सडक बन्ने र पक्की पुलमा ओहोर दोहोर गर्न पाउने मिठो आशा बोकिरहेका त्रिशुलीपारीका स्थानीयहरुको सपना अव भने साकार हुने भएको छ । त्रिशुली नदीको धादिङ खण्डमा (केउरेनीघाट देखि सलाङघाटसम्मको ४० किलोमिटर दुरी) मात्रै यसै वर्षभित्र सम्पन्न हुनेगरि ७ वटा पक्की पुल निर्माणाधिन छन् ।
अघिल्लो वर्ष कोभिडको महामारी नभएको भए यी पुलहरुको निर्माण सकिसकेको हुने थियो । आगामी असार मसान्त भित्र सक्ने गरि त्रिशुली नदीमाथीका ७ वटा पक्की पुलहरुको निर्माण कार्य धमाधम भइरहेको छ । १ अर्व ९ करोड भन्दा बढीको लागतमा नेपाल सरकार पुल आयोजना, सेक्टर नम्वर २ कार्यलय (६ वट) र डिभिजन सडक कार्यलय भरतपुर (१ वटा) मातहत यी पुलहरु बनिरहेका छन् ।
सिद्धलेक गाउँपालिका वडा नं ७ अमनटार र गजुरी गाउँपालिकाको वडा नं ६ जहरे बगैचा जोड्ने पुलको निर्माण कार्य ९५ प्रतिशत सकिएको छ । १ सय २० मिटर लामो पक्की पुलको निर्माण कार्य टुण्डी–लामा–सपना जेभीले गरिरहेको छ ।
त्यस्तै टुण्डी–लामा–सपना जेभीले गल्छी गाउँपालिकाको मासटारमा निर्माण गरिरहेको पक्की पुलको निर्माण कार्य पनि ७५ प्रतिशत सकिएको छ । १ सय ४० मिटर लामो पक्की पुलले त्रिशुलीपारीका केउरेनी टार, बेलिनिटार, भुत्याहा गाउँलाइ पृथ्वीराजमार्गमा जोड्नेछ । पुल आधा स्लाव ढलान र आधा स्टील ट्रस्ट रहने पुल आयोजना सेक्टर नम्वर २ ले जानकारी दिएको छ ।
त्यसैगरि सिद्धलेक गाउँपालिका वडा नं ७ र पृथ्वीराजमार्ग अन्तरगत गजुरी गाउँपालिकाको वडा नं ५ पिडा घाटवेशी जोड्ने पुलको निर्माण कार्य ९० प्रतिशत सकिएको छ । २ सय मिटर लामो पक्की पुलको निर्माण हिराचन–महादेव खिम्ती–इलाइट जेभीले गरिरहेको छ ।
त्यस्तै आधा स्टील ट्रस्ट र आधा स्लाव ढलानको संरचना भएको गल्छी गाउँपालिकाको कल्लेरीटार र गल्छीबजार जोड्ने पक्की पुलको निर्माण कार्य ६० प्रतिशत सकिएको छ । १ सय ४० मिटर लामो पुललाइ लुम्वीनि–प्रकृति जेभीले निर्माण गरिरहेको छ ।
त्यसैगरि गल्छी गाउँपालिकाको वडा नं १ को सालटारलाइ पृथ्वी राजमार्गको बैरेनी बजारसंग जोड्ने पुललाइ रसुवा–पप्पु जेभीले निर्माण गरिरहेको छ । ६० प्रतिशत निर्माण कार्य सकिएको पुलको लम्वाइ १ सय ५१ मिटरको छ ।
निर्माणाधिन पुलहरु मध्ये सवैभन्दा थोरै निर्माण कार्य सकिएको पुल हो सिद्धलेक गाउँपालिकाको सलाङ आरुवासटारलाइ पृथ्वीराजमार्गको मलेखु बजारसंग जोड्ने पुल । १ सय ४० मिटर लामो पुललाइ एमएस महावीर–निलगिरि जेभीले निर्माण गरिरहेको छ । यो पुल भने समयमा सकिनेमा आशंका रहेको पुल आयोजनाले जनाएको छ ।
त्यस्तै सडक डिभिजन कार्यलय भरतपुर मातहत निर्माण भइरहेको धादिङको गल्छी गाउँपालिकाको फोस्रेटार र नुवाकोटको केउरेनीघाट जोड्ने पक्की पुलको भने निर्माण कार्य सकिएको छ । निकै लामो समय अलपत्र परेको पुलको निर्माण कार्य यसै वर्ष सकिएको हो । पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणको क्रममा केही विवाद उत्पन्न भएपछि पुल संचालनमा आउन भने सकेको छैन । उक्त पुल धादिङको पुरानो सदरमुकाम सुनौलाबजारलाइ राजमार्गसंग जोड्ने माध्यय बन्नेछ ।
सिद्धलेक ७ का ५८ वर्षिय छविलाल गिरिलाइ ठुलो जोखिम मोलेर त्रिशुली नदी तर्नुपर्दाको ती दिनहरु झलझली याद आउँछ । वि सं. २०३० सालमा पृथ्वीराजमार्ग निर्माण सम्पन्न भएपछि राजमार्ग क्षेत्रमा बजार विस्तार हुँदै भयो । त्रिशुली पारीका जनताहरुको दैनिक उपभोग्य बस्तुहरुको किनमेल देखि लिएर औषधी उपचारमा राजमार्गमै जानुपर्ने बाध्यतामा त्रिशुली नदी बाधक थियो ।
सुरु सुरुमा काठे डुङगामा तर्ने गरेका स्थानीहरुलाइ काठे डुङगा दुर्घटना भएर मानिस मर्ने थालेपछि तत्कालिन प्रधानपञ्चले तुइन हालिदिएका थिए । तुइनबाट त्रिशुली वारीपारी गर्दा तुइनले चेपेर हातको औला समेत गुमाएका छविलालले भने, ‘काठे ढुङगा त्रिुशलीको छालसंग चलाउन नसकिने, दुर्घटना भइरहने थियो, पछि तुइन हालियो, तुइन पनि त्यस्तै समस्या, तुइन चलाउँदा कतिका हातका औला गायव छन्, कतिजना तुइनबाटै खसेर बेपत्ता भए ।’
सरकारले पछि पछि ठाउँ ठाउँ झोलुङगे पुल हाल्ने निति ल्यायो । कसैलाइ सहज भयो भने कसैलाइ झनै असहज । ‘झोलुङगे पुल त बन्यो तर तर्न जान पनि ३–४ घण्टा हिड्नुपर्ने भयो ।’ छविलालले भने, ‘अहिले त आँगन छेउमा पक्की पुल बन्दै छ, यति खुसी लागेको छ कि भनिसाध्य छैन ।’ पक्की पुल संगै अव गाउँमा अन्य विकासका लहर भित्रिने र आफ्ना छोरानातीको पुस्ताले आफुहरुले जस्तो दुःख कष्ट भोग्न नपर्ने विश्वास रहेको छविलाल बताउँछन् ।
गाउँमै कृषि पेशा गरेर बसिरहेका सिद्धलेक ६ का नमराज खतिवडालाइ पनि पक्की पुलले औधी खुसी दिएको छ । कुखुरा पालन संगै खेतीपातीमा संलग्न खतिवडाले भने, ‘के के फाइदा छ भनेर कसैले सोध्यो भने कुनै बाक्यमा उत्तर दिने कुरा नै छैन, पुल नभएको बेलाको दुःख र अहिले पुल बनेपछिको फाइदा त भनिसाध्य छ र ?’
पक्की पुलको अभावमा सिद्धलेकको ७ नम्वरबासीले भुकम्प पछिको पुननिर्माणमा निकै सास्ती बेहोर्नुपर्यो । ‘तुइन तरेर, झोलुङगे पुल तरेर जाँदा ५ मिनेटमा बजार पुगिन्छ, किनमेल गरिन्छ ।’ खतिवडाले भने, ‘गाडीमा सामान ढुवानी गर्न पर्यो भने ५ घण्टा बढी घुमाउरो बाटो हिड्नु पर्छ ।’
एकातिर ढुवानी भाडा बढी तिर्नुपर्ने, अर्कोतिर सास्ती खेप्नुपर्ने अवस्था भोगिरहेपनि अव गाउँ नजिकै पक्की पुल बनेपछि भने ती सवै सास्ती कम हुने खतिवडाले बताए । ‘अहिले गाउँपारीको आदमघाट बजारबाट किनेको १ बोरा दानाको ढुवानी भाडा १ सय ५० तिरिरहेको छु । अव १५ रुपियाले पुग्छ ।’ खतिवडाले भने, ‘यस्ता फाइदा त कति छन् कति, यहाँजस्तै अन्य ठाउँहरुमा पनि पुल निर्माण भइरहेका छन्, अव पृथ्वीराजमार्गको विकल्पको रुपमा हाम्रो गाउँमा पनि अर्को राजमार्ग बन्ने छ ।’
सवै पक्की पुलको निर्माण सम्पन्न भए पश्चात गाउँमा उद्योग, कलकारखाना भित्रिने र विकास संगै रोजगारी पनि बढ्ने सिद्धलेक गाउँपालिका वडा नं ७ का अध्यक्ष लक्ष्मण खतिवडाले बताए । उनले भने, ‘हाम्रो वडामा आदमटार, पिपलटार, अमनटार लगायतका ठुला ठुला फाँटहरु छन् । उद्योग कलकारखाना संचालन गर्नको लागि उपयुक्त बातावरण र ठाउँहरु छन्, यहाँ अव ठुला उद्योगहरु सजिलै संचालन हुन सक्छन्, विक्री वितरण गर्नको लागि गाडी खेतबारीमै पुग्ने भएपछि कृषि योग्य जमिनमा खेतीपाती पनि फष्टाउने छ ।’
पुल निर्माण हुन थालेकै कारणले गर्दा अहिले गाउँबाट बसाँइ सराइ पनि रोकिएको वडा अध्यक्ष खतिवडाले बताए । ‘अलि पहिले कमाएको पैसाले राजमार्ग छेउछाउमै ३–४ आनाको साँघुरो घडेरी किन्ने र घर बनाउने चलन बढेको थियो ।’ अध्यक्ष खतिवडाले भने, ‘भुकम्प पछिको पुननिर्माणको क्रममा त्रिशुली नदीमाथी पक्की पुल बन्न थालेकै कारणले गाउँमै पक्की घर बन्ने क्रम बढेको छ । बसाइ सराइ रोकिएको छ ।’
‘त्रिशुली पारीका गाउँबस्तीहरुमा विकास र समृद्धिको राम्रो सम्भावना भएर पनि त्रिशुली नदीमाथी पक्की पुल नुहँदा बत्ती मुनीकै अध्यारो जस्तै भइरहेको थियो ।’ जिल्ला समन्वय समिति धादिङका प्रमख जगन्नाथ खतिवडाले भने, ‘भौगोलिक रुपले विकटका बस्तीहरुको झल्को दिन त्रिशुली पारीका बस्तीहरुको अव रुप फेरिने, त्यँहाको स्थानीयको जीवनस्तर र दैनिकी पनि पक्की पुलकै कारण फेरिने छ ।