धादिङ स्पेशल / आर्थिक / फिचर / जीवनशैली / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / आर्थिक / फिचर / जीवनशैली / नेपाल

निर्माण सामाग्री विक्रेताले मुल्य सुची राख्दा उपभोक्तालाइ सहज

धादिङ : २०७२ को विनाशकारी भुकम्प पछि बजारमा निर्माण सामाग्रीको ब्यवसाय निकै फस्टायो । अन्य ब्यवसायमा रहेकाहरु पनि निर्माण सामाग्री बेचविखनमा आकर्षित भए । बजारमा हार्डवेयर पसलहरुको सङ्ख्या बढ्न थालेसंगै भुकम्प पछिको पुनर्निर्माणका क्रममा निर्माण सामाग्रीमा चर्को मुल्य तिर्नुपरेको भन्ने गुनासो पनि बढ्न थाल्यो ।
यसैक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भुकम्प पछिको पुन निर्माण र पुनस्थापनामा सदाचार कार्यक्रम (आइपीइआरआर) को समन्वयमा जिल्ला प्रशासन कार्यलय धादिङको नेतृत्वमा धादिङका विभिन्न हार्डवयर पसलहरुमा संयुुक्त अनुगमन गरियो ।
उक्त अनुगनमा पछि धादिङका निर्माण सामाग्रीहरुको विक्री वितरण गर्ने धादिङका पसलहरुमा एउटा नौलो परिवर्तन आयो, त्यो हो विक्रीवितरण हुने सामानहरुको मुल्य सुची लेखिएको बोर्ड राख्ने, जसले सामान खरिद गर्ने उपभोक्ताहरुलाइ अहिले धेरै सजिलो बनाएको छ । 
उपभोक्ताहरु ठगिएको, महङगीमा परेको भनेर खाद्यान्न पसलहरुमा मुल्य सुची अनिवार्य राख्ने अभ्यास धेरै अघि सुरु भएको थियो तर निर्माण सामाग्री बेचविखन हुने पसलहरुमा भने मुल्य सुची राख्ने चलन थिएन, जसले गर्दा पुननिर्माणको समयमा उपभोक्ताहरु मारमा परिरहेका थिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र जिल्ला प्रशासन कार्यलयको तदारुकतामा अहिले सवैजसो हार्डवयर पसलहरुले मुल्य सुची आफ्नो पसलमा झुण्डाएका छन् । नीलकण्ठ नगरपालिका वडा नं ३ को निर्माण सामाग्री विक्रेता प्रोगेसिव इन्टरप्राइजेजका प्रोपाइटर ध्रुव थापाले भने, ‘यसले ग्राहकलाइ त सजिलो बनायो होला नै, ब्यापारीलाइ पनि धेरै सजिलो बनाएको छ । थरी थरिका सिमेन्ट, रड, जस्तापाताहरुको मुल्य ग्राहकलाइ भनिरहन नपर्ने, बोर्डमा हेरेर सवै मुल्य थाहा पाउने, हामी ब्यवसायीलाइ पनि छिटो छरितो र सजिलो बनाएको छ ।’ 
२ वर्ष अघि सवै निर्माण सामाग्री ब्यवसायीहरु संगठीत भएर संघ दर्ता गरेपछि मुल्यसुची राख्न सुरु गरिएको भएपनि प्रशासनको नियमित अनुगमन पछि सवै ब्यवसायीले मुल्य सुची राख्न थालेको निर्माण सामाग्री ब्यवसायी संघका अध्यक्ष समेत रहेका थापाले बताए ।

मुल्य सुची राखेको कारणले उपभोक्ताहरु पनि ठगिनबाट बचेको र दररेटको विषयमा ब्यापारीहरुमा पनि एकरुपता आएको अन्जान सप्लायर्सका प्रोपाइटर बाबुकाजी श्रेष्ठको बुझाइ छ । ‘ग्राहकहरु आँउछन्, सरसर्ती हेर्छन, अन्य कामको लागि बजार हिड्दा पनि धेरै पसलहरुमा गएर सजिलै दररेट बुझ्न सक्छन्, मुल्यको विषयमा पसलेहरुसंग सोधी खोजी गरिरहन परेन, जुन पसलमा सस्तो जस्तो लाग्यो त्यसैमा गएर किन्न पाउने भए ।’ बाबुकाजीले भने, ‘मुल्य सुचीले ब्यापारीहरुको दररेटलाइ पनि एकरुपता गराएको जस्तो लाग्छ, अन्तको भन्दा १० रुपैया मात्रै महङगो राखियो भने ग्राहक अन्तै जालान कि भनेर ब्यापारीहरुले बढी नाफा राखेर मुल्य नराख्ने भए ।’
मुल्य सुची राख्न सुरु गरिएपछि ब्यापारी र ग्राहक दुवै पक्षलाइ ब्यापार ब्यवसायमा सजिलो भएको बाबुकाजीेले बताए ।
भुकम्प पछिको पुननिर्माणको विषयमा विभिन्न कार्यक्रम तथा सार्वजनिक सुनुवाइहरुमा निर्माण सामाग्री महङिगएको ब्यापारीहरुले मनलाग्दी दररेट लिनेगरेको जस्तो गुनासो आउन थालेपछि निर्माण सामाग्री पसलहरुमा अनुगमन गरिएको थियो । अनिवार्य मुल्य सुची राख्नुपर्ने ब्यवस्था मिलाइएपछि त्यस्ता गुनासोहरु कम आउन थालेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल धादिङका कार्यक्रम अधिकृत सानुवाबु तिमल्सेनाले बताए । उनले भने, ‘यो मुल्य सुची राख्ने अभियानले एउटा सकारात्मक सन्देश दिएको छ, ब्यापारीहरुको दररेटमा एकरुपता ल्याएको छ, उपभोक्तालाइ पनि मुल्य सुची हेरेर आफ्नो क्षमता अनुसारको सामान खरिद गर्न सघाएको छ । पसल पसल बुझेर सस्तो पाउने ठाउँमा किनेका छन् ।’
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
33 %
 Like
0 %
Laugh
0 %
Sad
67 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल