मनोरञ्जन

गृहपृष्ठ मनोरञ्जन

भारतीय कलाकार र प्राविधिकको भित्राउँदै नेपाली फिल्म मेकर

भारतीय कलाकार र प्राविधिकको भित्राउँदै नेपाली फिल्म मेकर

नेपाली चलचित्रका कलाकार र प्राविधिकहरुका लागि बलिउड ठूलो सपना हो । भारतीय चलचित्र उद्योगमा काम गर्ने रहर पाल्दै थुप्रै प्रतिभाहरु भारत पुग्ने गरेका छन् । सफल थोरै मात्र भएका छन् ।

यसरी भारतका विभिन्न प्रान्तमा निर्माण हुने विभिन्न भाषाका चलचित्रमा काम गर्ने कलाकार र प्राविधिकहरुमध्ये निकै कमको मात्र चर्चा हुन्छ । नायिका मनिषा कोइरालाले बलिउडमा ठूलो सफलता पाइन् । यसपछि भने कुनै पनि कलाकारले बलिउडमा खासै सफलता पाउन सकेनन् । बलिउडमा काम गर्ने थुप्रै नेपाली प्राविधिकहरुको चर्चा खासै भएको पाइदैन । तर, थुप्रै प्राविधिकहरु बलिउड तथा साउथका चलचित्रमा काम गर्न व्यस्त छन् ।

भारतीय कलाकार तथा प्राविधिकले नेपाली चलचित्रमा काम गरेका उदाहरण भने निकै कम छ । मामिक बस्नेत, दिपक तिजोरी, स्वेता तिवारी लगायतका कलाकारले नेपाली चलचित्रमा काम गरेपनि उनीहरु सफल भने भएनन् । फाट्टफुट्ट रुपमा केही कलाकार तथा प्राविधिकहरुले काम गरे पनि उनीहरु लामो समयसम्म यो क्षेत्रमा टिक्न सकेनन् ।

तर, पछिल्लो केही समयदेखि फेरि नेपाली चलचित्रमा भारतीय कलाकार तथा प्राविधिक भित्राउने क्रम चलेको छ । निर्देशक दिवाकर भट्टराइले नयाँ चलचित्र ‘तिमीसँगै हुने मन छ’मा भारतीय सिरियल उद्योगमा काम गरिरहेका रोहित सुचान्तीले काम गर्ने पक्का भएको छ । यो चलचित्रमा उनी मात्र होइनन्, प्राविधिकरुको टिम पनि भित्रदैछ । दिवाकर भारतका दक्ष प्राविधिकसँग काम गर्दा आफूहरुले पनि धेरै कुरा वुझ्न र नयाँ कुरा भित्राउन सक्ने बताउँछन् ।

उसो त, दिवाकरले मात्र होइन चलचित्र ‘डिसेम्बर फल्स’को निर्देशन र छायांकनका लागि निर्माताले भारतबाटै निर्देशक र छायांकार भित्राएका थिए । अहिले यो चलचित्रको धमाधम छायांकन भैरहेको छ ।

निर्देशक सुरेन्द्र पौडेलले नायिका तृप्ती नाडकरका छोरा धिरज टोटलानीलाई आफ्नो नयाँ चलचित्रमा नायक बनाउने तयारी गरेका छन् । यो चलचित्रमा नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहनेछ । नायक भूवन केसीले पनि लामो समयसम्म भारतीय प्राविधिक भित्राएर चलचित्र बनाउने प्रयास नगरेका होइनन् ।

भारतका प्राविधिकहरु नेपाल भित्राउने क्रम बढेको छ । यो क्रम आगामी दिनमा अझै बढ्ने देखिएको छ ।

अनलाइन खवरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल