Weather : 25.12° Celsius Kathmandu
धादिङका विभिन्न ठाउँहरुमा छायाँकन गरिएको म्यूजिक भिडियो ‘एक बारको जुनिमा’ सार्वजनिक भएको छ । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई टेलिचलचित्रहरुमा समेत चर्चा कमाइसकेकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् ।
बिष्णु ठकुरीको छा

बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन् । यस्तै मोहन लामाको मेकअप तथा कोरियोग्राफी रहेको भिडियोमा कालिका पौडेल प्रोडुसरको रुपमा रहेका छन् ।
उदयराज शर्माको स्वरमा रहेको उक्त गितमा अरुण तिवारीको शब्द र दिपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र सागर सुब्बाको रेकर्डिङ रहेको छ ।